शाओमी प्याड ६ को नेपालमा प्रि–बुकिङ खुला
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी प्याड ६ नेपालमा प्रि–बुकिङ खुला गरेको छ । कम्पनीले भदौ १५ गते नेपालमा सार्वजनिक गर्ने तयारीसहित सोमबारदेखि बिहीबारसम्म दराजमा यो फोनको प्रि–बुकिङ खुल्ला गरेको हो ।
यस्तै, शाओमीले प्याड ६ सँगसँगै शाओमी प्याड ६ किबोर्ड र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसन पनि नेपालमा सार्वजानिक गर्ने भएको छ । कम्पनीका अनुसार ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको शाओमी प्याड ६ को तौल केवल ४९० ग्राम र छ दशमलव ५१ मिलिमिटर चौडाइ रहेको छ । साथै, आईपी ५३ रेटेड भएकाले यसले कुनै पनि समस्याविना केही मात्रामा पानी र धुलो पनि ह्यान्डल गर्न सक्ने बताइएको छ । इमेल र कलजस्ता कामका लागि प्रयोग गर्न सकिने ट्याब्लेट खोजिरहेका व्यक्तिहरूका लागि शाओमी प्याड ६ एउटा कम्प्याक्ट अल–इन–वान सोलुसन समेत रहेको कम्पनीले जनाएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीका अनुसार शाओमी प्याड ६ को मूल भागमा शक्तिशाली स्न्याप्ड्रागन ८७० प्रोसेसर छ । स्न्याप्ड्रागन ८७० प्रोसेसरले मल्टिटास्किङ र एप म्यानेजमेन्टको सहज एग्जिक्युुसन सुनिश्चित गर्नेछ । शाओमी प्याड ६ को स्ट्राइकिङ २७ दशमलव ९४ सेन्टिमिटर (११ इन्च) को डिस्प्लेमार्फत उत्तम भिजुअल ब्रिलियङ प्राप्त गर्न सकिने बताइएको छ । यस्तै, यसको १४४ हर्ज रिफ्रेस रेटले सहज एनिमेसन र ट्रान्जिसनको ग्यारेन्टी दिन्छ । साथै, यसमा ५५० निट्स (टिपिकल) सम्मको ब्राइटनेस रहेको छ । शाओमी प्याड ६ मा १३ एमपी रियर क्यामेरा र ८ एमपीको फ्रन्ट क्यामेरा रहेको छ ।
शाओमी प्याड ६ नेपालमा मिस्ट ब्लू र ग्रेफाइट ग्रे गरी दुई रंगहरूमा दुईवटा स्टोरेज भेरियन्टहरूमा ६ + १२८ जीबी र ८+२५६ जीबीमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपालमा शाओमी प्याड ६ को ६+१२८ जीबी भेरियन्टको मुल्य ३९ हजार नौ सय ९९ रुपैयाँ र ८+२५६ जीबी भेरियन्टको मूल्य ४३ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया