यात्रुविनै काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान
काठमाडौं । नेपाल वायुसेवा निगमले यात्रुविना नै काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट दिल्ली र हङकङ हवाई उडान सुरु गरेको छ । निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं हुँदै दिल्ली र हङकङका लागि मंगलबारबाट उडान सुरु गरेको हो ।
सो उडानका लागि निगमले भदौ १० अर्थात् आइतबारदेखि नै अग्रिम टिकट बुकिङ खुला गरेको थियो । तर दुवै उडानका लागि निगमले यात्रु पाउन सकेन । निगमले साताको एक दिन मंगलबार नियमितरूपमा सो विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर दिल्ली र हङकङमा उडान भर्नेगरी कार्यकालिका सार्वजनिक गरेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार निगमको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने गरेको र सोही विमानमार्फत काठमाडौं हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको हो । पहिलो उडानमा कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिए ।
निगमका अनुसार हङकङ जाने यात्रुलाई काठमाडौं हुँदै गन्तव्यमा पु-याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौं विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ । उडान तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौंमा अवतरण गर्नेछ । यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था निगमले मिलाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले सो उडान सुरु गर्ने निर्णय गरेको थियो ।
यस्तै, निगमले मलेसिया–भैरहवा रुटमा भने गत जेठ ३० गतेबाट उडान सुरु गरेको थियो । त्यसयता निगमले उक्त रुटमा १२ वटा उडान गरिसकेको जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया