‘टुरिस्ट बस नेपाल’ एप सुरु
काठमाडौं । पर्यटक बस व्यवसायीहरूको साझा संस्था टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले निर्माण गरेको ‘टुरिस्ट बस नेपाल’ एप्सको शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एक कार्यक्रमका बीच सो एपको शुभारम्भ गरेका हुन् ।
एप सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले पर्यटन ऐन संशोधनमा मन्त्रालय लागेको बताए । यस्तै, कार्यक्रममा उनी नेपाल पर्यटन बोर्डविरुद्ध खनिएका थिए । कार्यक्रममा उनले बोर्डको बजेट सुधार नगरेसम्म पास नगर्ने चेतावनी दिए । ‘पर्यटन बोर्डको बजेट नसच्चिएसम्म हतारमा पास गर्न सकिँदैन, बोर्डको बजेट कमिसनको दुनो सोझ्याउनका लागि तत्काल आउन सक्दैन’, उनले भने । भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको भन्दै उनले पर्यटन क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको बताए । पर्यटन बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गरेको उनको आरोप छ । पर्यटन बोर्डको पैसामा आफन्त घुमाउने र महँगो सामानहरू ल्याएर बाँड्ने र बेच्ने सुविधा कसैलाई नभएको उनले बताए ।
कार्यक्रममा टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण आचार्यले पर्यटक बसमा ओहोरदोहोर गर्ने स्वदेशी तथा विदेशी यात्रुले सहजै अनलाइनमार्फत टिकट काट्न सकून् भन्ने उद्देश्यले एप सञ्चालनमा ल्याइएको बताए । काठमाडौंदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुर जाने पर्यटक बसका यात्रुले मोबाइल एपमार्फत टिकट काट्न पाउनेछन् । टिकट काट्नका लागि टिवानले खल्ती, आईएमई पे, प्रभु पेसँग सहकार्य गरेको छ । हाल काठमाडौंबाट दैनिक झण्डै एक सय पर्यटक बस देशका विभिन्न पर्यटकीय क्षेत्रमा ओहोरदोहोर गर्दै आएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया