उधारो असुली ऐन ल्याउन व्यवसायीको माग
काठमाडौं । कागज व्यवसायीले उधारो असुली ऐन ल्याउन सरकारसँग माग गरेका छन् । कागज व्यवसायी संघ नेपालको २२औँ वार्षिक साधारणसभामा सहभागी व्यवसायीले उधारो असुली ऐनको अभावमा व्यवसायीले अनेकौँ झमेलाको सामना गर्नुपरेको बताउँदै सो ऐन यथाशीघ्र जारी गर्न सरकारसँग माग गरेका हुन् ।
संघका अध्यक्ष मनोहरदास मूलको सभापतित्वमा सम्पन्न साधारणसभामा व्यवसायीहरूले वर्तमान आर्थिक परिदृश्यको समीक्षाका साथै कागज व्यवसायका चुनौतीमाथि व्यापक छलफल गरेका थिए । संघको सभाले उधारो असुली ऐन यथाशीघ्र जारी गर्न सरकारको ध्यानाकर्षण गराउने, आयकर, मूल्य अभिवृद्धिकर, भन्सार मूल्याङ्कन र क्षेत्रमा विद्यमान अप्ठ्यारा हटाउन पहल गर्नेलगायत प्रस्ताव पारित गरेको छ । यस्तै, पछिल्लो समय आर्थिक गतिविधि सुस्ताएको र व्यवसायीको मनोबल गिर्दै गएको विषयमा पनि सरकारलाई गम्भीर भएर सोच्न र तदनुरूप कार्ययोजना ल्याउन आग्रह गर्ने निर्णय साधारण सभाले गरेको छ ।
सभाले कार्यसमितिको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । यसैगरी सभाले मनोहरदास मूलको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष राजेन्द्र काबरा, महासचिव दिनेश चोखानी र कोषाध्यक्ष कमल तोदी रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया