पठाओकोे ‘रेस्टुरेन्टको दाममा घरमै खाम’
काठमाडौँ । राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले अबदेखि निःशुल्क फुड डेलिभरी सुरु गरेको छ । ‘रेस्टुरेन्टको दाममा घरमै खाम’ भन्ने नाराका साथ पठाओले बिहान ९ बजेदेखि मध्यरात १२ बजेसम्मका सबै फुड अर्डरहरू निःशुल्क डेलिभरी सुरु गरेको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए ।
पठाओ नेपालले सेप्टेम्बर २४ मा आफ्नो पाँचौँ वार्षिकोत्सव मनाउँदै छ । आफ्नो वार्षिकोत्सवलाई लक्षित गर्दै कम्पनीले वार्षिकोत्सव महिनाको पहिलो दिन निःशुल्क डेलिभरी योजना सार्वजनिक गरेको हो । यो महिना अरू पनि विभिन्न योजना र सहुलियत सार्वजनिक गर्ने कम्पनीको योजना छ । बिहान ९ बजेदेखि राति ३ बजेसम्म फुड डेलिभरी गर्दै आएको पठाओ फुडले मध्यरात १२ बजेदेखि तीन बजेसम्म (तीन घण्टा) अवधिको फुड डेलिभरीमा भने १५० रुपैयाँ शुल्क लिनेछ । गत जुन १० देखि जुन ३० सम्म कम्पनीले फुड फेस्ट सम्पन्न गरेको थियो । त्यस क्रममा कम्पनीले डेढ लाखभन्दा बढी अर्डर डेलिभरी गरेर फुड डेलिभरीमा नयाँ रेकर्ड कायम राखेको थियो । सो फुड फेस्टपछि कम्पनीको दैनिक अर्डर पनि बढेको थापाले जानकारी दिए ।
फुड फेस्टबाहेक पनि पठाओ फुडले हरेक दिनजसो विभिन्न अफरहरू ल्याएर आफ्ना सेवाग्राहीलाई विभिन्न छुट दिइरहेको छ । कम्पनीले छ सयभन्दा बढी रेस्टुरेन्टबाट सेवा प्रदान गरिरहेको पठाओ फुडले ग्राहकलाई सबैभन्दा छिटो डेलिभरी गरिरहेको कम्पनीको दाबी छ । नेपालमा सन् २०१८ को सेप्टेम्बर २४ देखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्ट ९ देखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो ।
सन् २०२० सेप्टेम्बर २४ मा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो । त्यस्तै, सन् २०२१ जुन १३ बाट ग्रोसरी सामान डेलिभरी गर्दै ‘पठाओ बजार’ पनि सुरु गरेको पठाओले सन् २०२३ अगस्ट ९ देखि पठाओ पार्सल सुरु गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया