एसयूभी ‘सेरेस–३’को मूल्य सार्वजनिक
काठमाडौं । एमएडब्लू ग्रुपले एसयूभी ‘सेरेस–३’ को मूल्य सार्वजनिक गरेको छ । नेपालमा सेरेस–३ इलेक्ट्रिक एसयूभीको मूल्य ४७ लाख ९९ हजार रुपैयाँदेखि ५२ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कम्फर्ट भेरियन्टको सुरुवाती मूल्य ४७ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको बताइएको छ । यो मूल्य सीमित–समय र लिमिटेड स्टकहरूका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । लिमिटेड स्टक समाप्त भएपछि भने कम्फर्ट भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ हुने बताइएको छ । एमएडब्लु वृद्धिका बिजनेस हेड प्रसन्न पन्तले सेरेसका अधिकांश उत्पादनहरू युरोपेली बजारमा निकासी हुने भएकाले ड्यास क्याम, स्पेयर टायर, अफलाइन म्याप न्याभीगेसन जस्ता धेरै विशेष सुविधाहरू यसमा रहेको बताए ।
यस्तै, कम्पनीले सेरेस–३ को अग्रिम बुकिङ समेत गर्न सकिने जनाएको छ । बुकिङका लागि भदौ २६ देखि सुरु हुने नाडा अटो सोको स्टल नम्बरः ए–६ मा सम्पर्क गर्न सकिने बताइएको छ । ब्रान्ड फाइनान्सद्वारा २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दो अटोमोटिभ ब्रान्डको रूपमा मान्यता प्राप्त सेरेसले २१ युरोपेली देशहरूमा उल्लेखनीय उपस्थिति जनाएको छ । साथसाथै अग्रणी टेक्नोलोजी जायन्ट हुवावेसँगको अटोमोटिभ उत्पादनमा पनि सेरेसको साझेदारी रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया