महिला चेम्बरको तीज मेला
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित नेपाल महिला चेम्बरले तीजलाई लक्षित गरी ‘ट्रेड सो तीज स्पेसल २०२३’ को आयोजना गरेको छ । महिला उद्यमीद्वारा उत्पादन गरिएका विविध सामग्रीहरूको प्रदर्शन तथा बिक्री प्रवर्द्धन गर्ने हेतुले आयोजना गरिएको महिला चेम्बरले जनाएको छ ।
उक्त मेलाको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष मल्लले मेलाले महिलाहरूको उद्यमशीलताको विकास तथा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा महिलाको सहभागितामा वृद्धि हुने बताए । महिलाहरू आर्थिकरूपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने उनको भनाइ थियो । महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरूको सहभागिता रहेको जानकारी दिइन् । मेलामा सांगितिक कार्यक्रम, फेसन सो नृत्यलगायतका कार्यक्रम समावेश गरिएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया