निसान म्याग्नाइटको नयाँ संस्करण सार्वजनिक गरिने
काठमाडौं । पायोनियर मोटो कर्पले निसान म्याग्नाइटको नयाँ संस्करण(भेरियन्ट) सार्वजनिक गर्ने भएको छ । नेपालमा सन् २०२१ मा सार्वजनिक भई लोकप्रियता पाएको यो ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयुभी—निसान म्यागनाइट—अब अटोमेटेड मेनुअल ट्रान्समिसन (एएमटी) सहित उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार निसान म्याग्नाइट एएमटीले स्वचालित ट्रान्समिसनको सहजतालाई म्यानुअल ट्रान्समिसनमा चालकले अनुभव गर्ने बृहत्तम कन्ट्रोल(नियन्त्रण) र म्यानुअल ट्रान्समिसनको कार्यकुशलतासँग जोड्दै दुवैतर्फको उत्कृष्ट सुविधा प्रदान गर्ने बताइएको छ । निसान म्याग्नाइटको नयाँ एएमटी गाडी पाँच मुख्य भेरियन्टमा उपलब्ध हुने बताइएको छ । पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाले म्याग्नाइटमा रहेको नयाँ एएमटी सुविधा नेपाली उपभोक्ताको आवश्यकताअनुसार निकै उपयोगी हुने बताए । निसान म्यागनाइट एएमटी चाँडै नै देशव्यापीरूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ । म्यागनाइट एएमटीको लन्च भने नाडा अटो सोमा गरिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आईएमई पेबाट एसआईपी भुक्तानी
- गुल्मीको इन्द्रेगौँडामा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
- चिनियाँ: प्रा. डा. झा सम्झौताको कार्यान्वयन चाहन्छन्
- दाङमा बस दुर्घटनाहुँदा १४ यात्रु घाइते
- नेपालमै किन बस्ने ?
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया