सिप्रदीको ‘रिटेलर्स मिट र टाटा गुरु सम्मान’
काठमाडौं । सिप्रदी अटो पार्ट्स प्राइभेट लिमिटेडले काठमाडौं उपत्यकाभित्रका रिटेलर्स मिट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ ।
सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको कम्पनीका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले जानकारी दिए । कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले कम्पनीले प्राविधिकलाई आधुनिक प्रविधिको तालिम उपलब्ध गराइरहेको जानकारी दिए ।
यस्तै, उनले खुद्रा विक्रेताको वित्तीय व्यवस्थापनका लागि सिप्रदीले नबिल बैंकसँग सम्झौता गरेको जानकारी दिए । साथै, उनले हालसालै तीन दिन तालिम लिएका २५ जना प्राविधिकलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा रिटेलर्स र टाटा गुरुहरूलाई विभिन्न उपहारहरू प्रदान गरिएको थियो । यस्तै, टाटा बफादारी कार्यक्रमअन्तर्गत टाटा गुरु दिपक महर्जनले डियो स्कुटर उपहार प्राप्त गरेका थिए भने आईफोन १४ प्रो दुई जनाले, एलईडी टेलिभिजन दुई जनाले र अन्य धेरैले उपहार प्राप्त गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया