इ–सेवामार्फत पैसा पठाउनेलाई काठमाडौंमा घर
रेमिट्यान्स कम्पनी इ–सेवा मनी ट्रान्सफरले इ–सेवामार्फत नेपालमा पैसा पठाउने थप एक जनालाई काठमाडौंमा घर उपहार दिने भएको छ । डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन ‘मेरो डिजिटल देश’ अभियान सञ्चालन गरेको कम्पनीले फेरि सो अभियानलाई निरन्तरता दिने घोषणा गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले पत्रकार सम्मेलनको आयोजना गरी यस अभियानअन्तर्गत काठमाडौंमा घर योजना सार्वजनिक गरेको हो । कार्यक्रममा मनी ट्रान्स्फर र इ–सेवाबीच सम्झौता परिस्थापनासँगै सुरु भएको थियो ।
यो अभियान असोज एकमा सुरु भएर आगामी असार ३१ सम्म जारी रहने कम्पनीले जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीले जनाएका छन् । साथै, यस योजनामार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाई थप मजबुत बनाउनका लागि पनि १० महिने यस योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको इ–सेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्ने बताइएको छ । यस अभियानमा चार परिवारलाई विशेष कोसेली, हरेक महिना एक जनाको पैसा डबल, तथा बम्पर उपहारमा एक जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन् ।
यसका साथै इ–सेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेसडर राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ राई र इ–सेवाका ब्रान्ड एम्बेसडर बिपिन कार्कीले डिजिटल रेमिट्यान्ससम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतनामूलक कार्यक्रममा अभियानलाई प्रवद्र्धधन गर्न सहभागिता जनाउने कम्पनीले बताएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया