फुडमान्डुले न्यूनतम अर्डर रकमको नीति हटायो
काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले पाँच सय रुपैयाँको न्यूनतम अर्डर रकमको नीति हटाएको छ । साथै, छोटो दूरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको फुडमाण्डुले जनाएको छ । अब ग्राहकले पाँच सय रुपैयाँभन्दा कमको पनि अर्डर गर्न सक्ने बताइएको छ । यस्ता अर्डरमा डेलिभरी शुल्क ५० रुपैयाँ मात्रै लाग्ने कम्पनीले जनाएको छ ।
ग्राहकको सुझावलाई मध्यनजर गर्दै फुडमान्डुले सो नीति परिवर्तन गरेको हो । अब ग्राहकले जतिसुकै रकमको अर्डर गर्न सक्ने बताइएको छ । साथै, फुडमान्डुले आफ्नो डेलिभरी शुल्कको नीतिमा पनि परिवर्तन गरेको छ । जसले गर्दा छोटो दूरीबाट अर्डर गर्ने ग्राहकलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ । हालसम्म उपभोक्ताले छोटो दूरीको डेलिभरीका लागि पनि ५० रुपैयाँको न्यूनतम डेलिभरी शुल्क तिर्नुपर्ने थियो । परिवर्तित नीतिअनुसार अब एक दशमलव पाँच किलोमिटरसम्मको दूरीका लागि २५ रुपैयाँ र सोभन्दा माथिको दूरीका लागि थप २५ रुपैयाँप्रति किलोमिटर तिर्नुपर्ने हुन्छ । यद्यपि एक हजार रुपैयाँभन्दा बढीको अर्डरका लागि भने जतिसुकै लामो दूरीमा पनि बढीमा ७५ रुपैयाँ डेलिभरी शुल्क तोकिएको फुडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया