एनसेलको नयाँ योजना
काठमाडौं । एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा एनसेलका प्रत्येक ग्राहकले अब हरेक दिन स्योर प्राइज गिफ्टको फाइदा लिन सक्ने भएका छन् । यस्तै, ग्राहकले साप्ताहिक रूपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कारको रूपमा स्कुटर पनि प्राप्त गर्ने बताइएको छ ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत यो आकर्षक योजना ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ ल्याएको एनसेलले जनाएको छ । दैनिक उपहार, साप्ताहिक र बम्पर पुरस्कार पाउन योग्य हुन ग्राहकले सजिलै ८१७११७३ डायल गर्न सक्छन् । यो कोड डायल गरेपछि ग्राहकले विनाकुनै शुल्क एनसेलका सेवा, सुविधाहरू स्योर प्राइजस्वरूप प्राप्त गर्छन् । ग्राहकलाई प्रदान गरिने उपहारमा निःशुल्क डिजिटल सेवा सदस्यता, एनसेल नेटवर्कमा फोन, एसएमएसका साथै डेटा चलाउन मिल्ने ब्यालेन्स, डेटा, एनसेल अन नेट टक टाइम र एसएमएस रहेका छन् ।
स्योर प्राइज उपहारस्वरूप प्राप्त हुने सेवा, सुविधाहरू २४ घण्टाको लागि मान्य रहन्छ । २८ दिनसम्म सञ्चालनमा रहने यस योजना अवधिमा एक हजार जना ग्राहकले हरेक हप्ता सरप्राइजस्वरूप एक सय रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । योजनाको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले बम्पर पुरस्कारको रूपमा एक–एक वटा स्कुटर जित्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया