बिर्तामोडमा भाटभटेनी
काठमाडौं । सुपरस्टोर भाटभटेनीले आफ्नो २६ औँ स्टोर कोशी प्रदेशको बिर्तामोडमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । झापाको व्यापारिक सहर बिर्तामोडको भगवान् चोकमा भाटभटेनी सञ्चालनमा ल्याउने तयारी गरेको भाटभटेनीले जानकारी दिएको छ ।
बिर्तामोडमा सञ्चालनमा आउने यो स्टोर करिब १५ कठ्ठा क्षेत्रफलमा दुई लाख ५० हजार स्कवायर फुटको सपिङ स्पेससहित सञ्चालनमा आउन लागेको बताइन्छ । दुई अर्ब लगानीमा निर्माण सम्पन्न भएको यो स्टोर कोशी प्रदेशको चौथो तथा झापा जिल्लाको पहिलो सुुपर मार्केट हो । यसअघि कोशी प्रदेशको धरान, विराटनगर तथा इटहरीमा भाटभटेनी सञ्चलनमा आइसकेको छ । स्वदेशी तथा विदेशी ब्राण्डका सामानहरू बिक्रीवितरण हुुने सुपर स्टोरमा झापा जिल्लासहित आसपासका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सीमावर्ती सहरबाट समेत ग्राहकहरू किनमेलका लागि आउने विश्वास भाटभटेनीले गरेको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहित देशभरका ठूला सहरमा भाटभटेनीले सेवा विस्तार गर्दै आएको कम्पनीको दाबी छ ।
बिर्तामोडमा भाटभटेनीको स्थापनाले कोशी प्रदेशकै आर्थिक तथा पर्यटकीय गतिविधि समेत बढ्ने भाटभटेनीको विश्वास छ । उपभोक्तालाई बजार मूल्यभन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकाले सामानको मूल्य र गुणस्तरमा ग्राहक ठगिन नपर्ने भाटभटेनीका क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले बताए । बिहीबारबाट सञ्चालनमा आउने भाटभटेनी सुपर स्टोरको उद्घाटनका अवसरमा ग्राहकलाई प्रत्येक सामानको खरिदमा १० प्रतिशत तथा इलेक्ट्रोनिक्समा २० प्रतिशतसम्म छुटको व्यवस्था मिलाएको स्टोरका अपरेसन म्यानेजर पानु पौडेलले जानकारी दिए ।
भाटभटेनी स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फुटवेर, फुडकोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किडजान तथा स्केट पार्क लगयतका सुविधाहरू रहने भटभटेनीले जनाएकोे छ । बिर्तामोडमा २६औँ स्टोर सञ्चालनमा आएपश्चात् झापाको दमकमा समेत आगामी वैशाखसम्ममा २७ औँ स्टोर सञ्चालनमा आउने भाटभटेनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया