रियलमीको फ्यान फेस्ट हुँदै
काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना ग्राहकका लागि निःशुल्क फ्यान फेस्ट आयोजना गर्ने भएको छ । कम्पनीले यही शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा निःशुल्क फ्यान फेस्टको आयोजना गर्न लागेको हो । यस फ्यान फेस्टमा रियलमीले आफ्ना नयाँ बजेट–फ्रेण्डली स्मार्टफोन मोडलहरू रियलमी ११ एक्स र रियलमी ११ ५जी बजारमा सार्वजनिक गर्ने जनाएको छ ।
रियलमी ११ एक्स र रियलमी ११ ५जीले स्मार्टफोनको ल्यान्डस्केपलाई आफ्ना उल्लेखनीय सुविधाहरू र आकर्षक डिजाइनको साथ पुनः परिभाषित गर्ने सम्भावना धेरै छ । रियलमी ११ एक्स र रियलमी ११ ५ जीको कुरा गर्दा दुवै स्मार्टफोनमा मिडियाटेकको डाइमेनसिटी ६१ सय प्लसको पावरफुल चिप्सेट, छ दशमलव ७२ इन्चको एक सय २० हर्ज रिफ्रेस रेट भएको अल्ट्रा स्मुद डिस्प्ले रहेको छ । रियलमी ११ एक्समा ६४ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ भने रियलमी ११ ५ जीमा एक सय आठ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ । रियलमी ११ एक्समा ३३ वाटको फास्ट चार्जर र रियलमी ११ ५जीमा ६७ वाटको सुपरभोक चार्जर रहेको छ । यो कन्सर्ट सबैका लागि पूर्णरूपमा निःशुल्क छ ।
कम्पनीका अनुसार भेक र यावेशको लाइभ प्रस्तुतिको साथै यस फ्यान फेस्टमा आकाश खड्काको पनि प्रस्तुति रहनेछ । फ्यान फेस्टमा भेकले आफ्ना चर्चित गीतहरू लै बरी लै, एक्लै जिउन सिके, अलपत्र, र अन्य धेरै गीतहरू प्रस्तुत गर्नेछन् । त्यस्तै, यावेशले लाखौँ हजाराँै र आकाशले तिमी भएरलगायत आफ्ना अन्य गीतहरूमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । आफ्ना ग्राहकलाई सर्वोत्कृष्ट स्मार्टफोन मात्र नभई सर्वोत्कृष्ट अनुभव पनि प्रदान गर्ने रियलमीको प्रतिबद्धतालाई यस फ्यान फेस्टले सार्थकरूप दिएको छ । सुभेच्छा खड्काले सञ्चालन गर्ने यस फ्यान फेस्टमा एभरेस्ट ‘क्रू’को नृत्य पनि रहनेछ । साथै, विभिन्न रमाइला गेमहरू पनि राखिएको यो फ्यान फेस्टमा सहभागीहरूले आकर्षक उपहार पनि जित्न सक्ने छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
- दिगो पूर्वाधार विकासबाट मात्रै आर्थिक समृद्धि हासिल हुन्छ : मन्त्री ज्वाला
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया