निसनेको एक्स कलेक्सन नेपालमा
काठमाडौं । नेपालमा टर्किस पर्फ्युम ब्रान्ड निसनेका उत्पादनको बिक्री सुरु भएको छ । नेपाली बजारमा ब्रान्डेड पफ्र्युम बिक्री गर्दै आइरहेको इना सेन्टरले निसने ब्राण्डका पर्फ्युमहरू भित्र्याएको हो ।
नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले एक कार्यक्रमका बीच निसने एक्स कलेक्सनको उद्घाटन गरेका थिए । संसारभर पर्फ्युम पारखीहरूका लागि उत्कृष्ट मानिएको निसने ब्राण्डका पफ्र्युम टर्कीमा उत्पादन हुन्छन् भने इना सेन्टरले यसका विभिन्न भेरियन्टहरू नेपालमा भित्र्याएको हो । इना सेन्टरले अन्तर्राष्ट्रिय ख्याति प्राप्त ब्राण्डका पर्फ्युमहरू आयात तथा बिक्री वितरण गर्दै आएको छ । इना सेन्टरका न्युरोड, सिभिल मल, दरबार मल तथा बबरमहल रिभिजिटेडमा रहेको सोरुमबाट निसने ब्राण्डका पर्फ्युम बिक्री हुने इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले जानकारी दिए । इनाले हाल क्लिभ क्रिस्टियन, लिक्विड्स इमेजिनरिज, टिजियाना, एसेन्सियल, भिक्यान्टोलगायत ब्राण्डका पफ्र्युमहरू बिक्री गर्दै आइरहेको छ ।
निसनेका उत्पादनमध्ये उत्कृष्ट पाँच ब्राण्डहरू ह्यासिभ्याट, हन्ड्रेड साइलेन्ट वेज, एनी एक्स, फ्यान योर फ्लेम्स, वुलोङ चा इना सेन्टरको एक्स कलेक्सनमा उपलब्ध छन् । निसनेका प्रत्येक नयाँ संस्करणमा मौलिक सुगन्धको मुख्य विशेषता रहने जनाइएको छ । यी पर्फ्युम अत्तरको संसारमा नयाँ विश्वव्यापी आइकन बन्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया