बेकोको ‘दशैं–तिहार योजना’
काठमाडौं । युरोपको इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरूको दशैं तिहारलाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक योजना बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यो योजना सीमित अवधिका लागि मात्रै ल्याएको जनाएको छ ।
उक्त योजनाअन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वासिङमेसिन र वासर ड्राएरको खरिदमा छ केजीको एरिअल म्याटिक वाशिङ पाउडर उपहार पाइन्छ भने डिसवासरको खरिदमा दुई प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार पाइन्छ ।
साथै, सिङ्गल डोर रेफ्रिजेरेटरमा चोप्पर, डबल डोर रेफ्रिजेरेटरमा इलेक्ट्रिक किटली र मल्टी डोर रेफ्रिजिरेटरमा इलेक्ट्रिक प्रेसर कुकर उपहार पाइन्छ भने कुकिङ रेन्ज (फ्रि स्ट्यान्डिङ ओवन) को खरिदमा प्रेसर कुकर र एअर कन्डिसनरको खरिदमा फ्रि इन्स्टलेसन पाइन्छ । साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्रि डेलिभरी, फ्रि इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ । त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा समेत पाइने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया