स्वस्तिक रोलिङ मिल्सलाई बेस्ट भ्यालुड कस्टमर अवार्ड
काठमाडौं । सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एन्ड स्टिल कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाएको छ । कोलकाताको ओबराय ग्रान्ड होटलमा आयोजित कार्यक्रममा टाटा स्टिलका प्रबन्ध निर्देशक आशीष अनुपमले स्वस्तिक रोलिङका निर्देशक रमेश राठीलाई अवार्डले सम्मानित गरेका हुन् ।
सुनसरीको स्वस्तिक रोलिङ मिल्सले ‘बजरंग’ ब्रान्डमा टीएमटी छडको उत्पादन गरिरहेको छ । स्वस्तिक रोलिङ मिल्सले व्यावसायिक उत्पादनको छोटो समयभित्रै टाटा आइरन एन्ड स्टिलबाट अवार्ड लिन सफल भएको हो । बजरंग स्टिल नेपालकै सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिबाट उत्पादन भइरहेको छ । उद्योगले ‘बजरंग’ ब्रान्डमा टीएमटी छडका साथ एङ्गल, च्यानल र आई बिमको पनि उत्पादन गरिरहेको छ । एंगल, च्यानल र आई बिमको प्रयोग साना–ठूला सबैखाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, इन्टरनेट र रेडियोको टावर बनाउन, साना–ठूला सेड बनाउनेलगायत विविध प्रयोजनमा गरिन्छ । निर्देशक राठीले केही समययता उद्योगले टीएमटी छडको उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखेको र सातदेखि ४० एमएमसम्मका छडको उत्पादन गरिरहेको जानकारी दिए ।
बजरंग ब्रान्डका छडहरूको ग्रिपिङ उच्चस्तरको भएकाले यसले मसला बलियो गरी समात्न सक्ने निर्देशक राठीको भनाइ छ । ‘हामी गुणस्तरप्रति सचेत छौँ । छोटो समयमा हामीले अवार्ड पाउनुको कारण पनि यही हो,’ निर्देशक राठीले भने । टाटा स्टिल भारतको ठूलो र ब्रान्डेड फलाम उद्योग हो । यसले फलामका गुणस्तरीय मालवस्तु र कच्चा पदार्थको उत्पादन गर्दै आएको छ । यसका सबै उत्पादन भारतमा अन्य उद्योगका उत्पादनका तुलनामा गुणस्तरीय मानिन्छन् । स्वस्तिक रोलिङले बिलेट उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरन टाटा स्टिलबाटै आयात गरिरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया