दावा टेक्नोलोजीको ‘डिलर्स मिट’
काठमाडौं । दावा टेक्नोलोजीले नेपालभरका ‘डिलर मिट’ सम्पन्न गरेको छ । चिनियाँ ब्राण्ड दावाले नेपालको आधिकारिक विक्रेता एचएमसी नेपालको आयोजनामा डिलर मिट सम्पन्न गरेको हो । डिलर मिटका क्रममा वर्षभरि दावा टेक्नोलोजीको सामग्री धेरै बेच्ने १२ डिलरलाई सम्मानसहित पाँच लाख बराबरको हेल्थ इन्स्योरेन्स प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा एचएमसीका सन्तोस कुमार श्रेष्ठले दावा टेक्नोलोजीका कारण नेपालमा असुरक्षाको जोखिम न्यूनीकरण हुँदै गएको बताए । उनले चिनियाँ कम्पनी दावा टेक्नोलोजीबाट उत्पादित सीसी क्यामेराका कारण समाजमा शान्ति र अमनचयन कायम गर्न सहयोगी भूमिका खेलेको बताए । यस्तै, एआईजी किरण बज्राचार्यले सीसी क्यामेराका कारण समाजमा सुरक्षा र शान्ति कायम गर्न सहज भएको बताए । उनले देशमा भइरहेका प्रमुख अपराधिक घटनामा सीसी टीभी फुटेजका कारण अनुसन्धान गर्न र उनीहरूलाई नियन्त्रणमा लिन सहज भएको समेत बताए ।
देशभरका डिलहरू सहभागी ‘डिलर मिट २०२३’मा चीनबाट दावा टेक्नोलोजीका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेम्स युले नेपालमा सीसी क्यामेराको बजार बढ्दो अवस्थामा रहेको बताए । उनले भने, ‘चीन र भारतबीचमा रहेको नेपालमा आर्थिक गतिविधि बढ्दै जाँदा सीसी टीभीको माग समेत बढ्दै गइरहेको छ ।’ कार्यक्रमको व्यवस्थापन रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया