दुई फाइभजी फोन रियलमी ११ एक्स र रियलमी ११ सार्वजनिक
काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना दुई नयाँँ मोडलहरू रियलमी ११ एक्स फाइभजी र रियलमी ११ फाइभजी नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले हालै ठमेलस्थित छाया सेन्टरमा आयोजना गरेको निःशुल्क फ्यान फेस्टमा ती स्मार्टफोन सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको दुवै फोनमा मिडियाटेकको उच्चस्तरको ६ एनएम डाइमेन्सिटी ६१०० प्लस एसओसी पावरफुल चिपसेट रहेको छ । डाइनामिक ¥याम एक्स्पान्सन प्रविधि प्रयोग गरेर यी फोनको मेमोरीलाई १६ जीबीसम्म बढाउन मिल्ने बताइएको छ । साथै, दुवै फोनमा ५००० एमएएचको शक्तिशाली ब्याट्री राखिएको कम्पनीले जनाएको छ । रियलमी ११ एक्स फाइभजी फोनमा ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ, जसले २९ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्री चार्ज हुने बताइएको छ । यस्तै, रियलमी ११ फाइभजीमा सेटमा ६७ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ, जसले १७ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्री चार्ज हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार रियलमी ११ एक्स फाइभजी फोनमा यस सेगमेन्टकै सबैभन्दा धेरै ६४ एमपीको एआई क्यामरा राखिएको छ । यसको नाइट–स्केप मोडमा रियलमीको फ्ल्यागसिप लेबल प्रो–लाइट इमेजिङ सफ्टवेयर प्रयोग गरिएको हुँदा रातको समयमा पनि उत्कृष्ट तस्वीर खिच्न सकिने कम्पनीले जनाएको छ । एन्ड्रोइड १३ सपोर्ट गर्ने यस सेटमा रियलमीको ४.० युआई रहेको छ । साथै, यो फोनमा छ दशमलव ७२ इन्चको अल्ट्रा स्मुथ फुल एचडी प्लस आईपीएस स्क्रिन र एक सय २० हर्जको रिफ्रेस रेट, साइड माउन्टेड फिङ्गर प्रिन्ट, एस्सेलेरोमिटर, प्रोक्सीमिटी, कम्पासजस्ता सुविधाहरू पनि रहेका छन् ।
यसैगरि रियलमी ११ फाइभजीमा १०८ मेगा पिक्सेलको सामसँग आइसोसेल एच्एम्६ प्राइमरी क्यामरा र २ एमपिको सेकेन्डरि क्यामरा सहितको डुअल क्यामरा सेटअप, सेल्फी र भिडियो कलको लागि १६ एमपिको फ्रन्ट क्यामरा राखिएको छ । ६.७२ इन्चको फुलएचडी प्लस आइपिएस् स्क्रिन र १२० हर्जको रिफ्रेस रेट भएको रियलमी ११ ले उच्च स्तरिय डिस्प्ले एक्सपेरियेंस प्रदान गर्दछ । साथै यो फोनमा २४० हर्जको टच स्याम्प्लिङ रेट, ब्राइटनेस ६८० निट्ससम्म रहेको छ ।
कम्पनीका अनुसार ८/१२८ जीबी स्टोरेज क्षमता भएको रियलमी एक्स फाइभजीको मूल्य २९ हजार नौ सय ९९ रुपैयाँ र ८÷२५६ जीबी स्टोरेज क्षमता भएको रियलमी ११ फाइभजीको मूल्य ३९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । रियलमी ११ फाइभजी ग्लोरी ब्ल्याक र ग्लोरी गोल्डमा उपलब्ध छ भने रियलमी ११ एक्स फाइभजी मिड नाइट ब्ल्याक र पर्पल डाउनमा उपलब्ध छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया