आईसीटी अवार्डका लागि उत्कृष्ट ३९ प्रडक्ट सार्वजनिक
काठमाडौं । आईसिटी अवार्ड २०२३ को छनौट प्रक्रियाअन्तर्गत उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार इन्नोभेसन र १४ प्रडक्टहरू सार्वजनिक भएका छन् । विधा ‘ए’अन्तर्गत स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इनोभेसन आईसीटी अवार्ड २०२३ को छनौट प्रक्रिया जारी रहेको आयोजकले जनाएको छ ।
उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजिज, भोजमाण्डु फुड, दियो एआई टेक्नोलोजी, जीजी कर्पोरेसन, लेन्समी अप, नेपाट्रोनिक्स इन्जिनियरिङ सोलुसन, क्विकफक्स कन्सल्टिङ, रासन टेक्नोलोजिज, स्टेलर कम्प्युटर सिस्टम, टास्क सेवा, अपटाउन र यार्सा टेक कम्पनी रहेको आयोजकले जनाएको छ।
यस्तै, उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनमा ब्ल्याङ्कसर, ब्लकचेन नेटवर्क फर ई–गभर्नेन्स, क्याटल मोनिटरिङ सिस्टम, डिजाइन एण्ड फ्याब्रिकेसन अफ इलेक्ट्रिक थ्रिह्विलर, ड्रेसन, दृश्य इपिसेन्टर होस्टिङ, इन्टर्नसाथी, लोचन, ओम्नीकल, प्रष्ट नेपाली, स्पिड डिटेक्सन एण्ड नम्बर प्लेट रिकग्निसन र वेयरप्लान मिरर रहेका छन् ।
त्यसैगरी, उत्कृष्ट १४ प्रडक्टमा विधि एचआरएमएस एण्ड पेरोल सफ्टवेयर, बिस्कुन डटकम, डिजिबज, ईमेडिवेयर, फास्ट बैंकिङ, जस्टचेक, खातापाना, मनिमित्र, निजी पावर, क्विकआरपीए, सफा नेपाल, सिंगेज प्लस र यात्री पी–वान रहेका छन् ।
उत्कृष्ट १२ ले छनौट प्रक्रियाअन्तर्गत अब स्टार्टअप एण्ड आइडिया फेस्ट, प्रिजेन्टेसन र स्पिड डेटिङ सेसनमा सहभागी हुनेछन् । उक्त सेसनहरूबाट उत्कृष्ट पाँचको छनौट भएर पब्लिक भोटिङ सञ्चालन हुनेछ । सर्वाेत्कृष्ट छनौटको लागि फिल्ड भिजिट समेत हुनेछ । यसैगरी व्यक्तिगत अवार्ड विधाहरू(बी)मा योनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड रहेका छन् । विधा (सी)अन्तर्गत् डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड रहेका छन् ।
दक्षिण एसियाली देशलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप अवार्ड २०२३ पनि सञ्चालनमा रहेको छ । यी सबै विधामा छनौट प्रक्रिया भइरहेको बताइएको छ । छनौट प्रक्रियाको लागि नेपालबाट १४ र अन्य देशका चार जना जुरी सदस्य रहेका छन् भने १५ जनाको विशिष्ट सल्लाहकार समिति गठन भएको छ । लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने आईसीटी अवार्डमा विभिन्न संस्थाहरूको सहकार्य रहनेछ । आईसीटी अवार्डको प्रि–इभेन्टको रूपमा काठमाडौंको बानेश्वर व्याङ्क्विटमा असोज १९ र २० गते स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम पनि सञ्चालन हुँदैछ । आईसीटी अवार्डको छनौट प्रक्रिया नेपालमा हुने अवार्डमध्ये सबैभन्दा बृहत्, निष्पक्ष र पारदर्शी रहने आयोजकको दाबी रहेको छ । अवार्डको छनौट प्रक्रियाको लागि विभिन्न २५ चरणमा जुरी समितिको मिटिङ तथा प्रिजेन्टेसन सेसनहरू सञ्चालन हुनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया