बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
काठमाडौं । केडिया अर्गनाइजेसनअन्तर्गत रहेको बृज सेफ्टी ग्लास उद्योगले लेमिनेसन प्लान्ट थप गरेको छ । प्लान्ट थप गरेसँगै कम्पनी अन्य कम्पनीभन्दा बढी र उच्च गुणस्तरको सेवा प्रदान गर्न र बजारको बढ्दो माग पूर्ति गर्न झन् सक्षम बनेको बताइएको छ ।
नेपालको सिसा प्रशोधन क्षेत्रमा बृज सेफ्टी ग्लास उद्योग आफ्ना उच्चस्तरीय उत्पादन र बेजोड सीपका साथ सिङ्गो क्षेत्रकै मानकको रूपमा उभिएको कम्पनीको दाबी छ । विभिन्न आकार, मोटाइ तथा जीवन्त रङ्गहरूमा कम्पनीले सिसा उपलब्ध गराउँदै आएको छ । बृज सेफ्टी ग्लास उद्योग नवप्रवर्तन र गुणस्तरको अग्रपङ्क्तिमा उभिएको उल्लेख गरेको छ । बृज सेफ्टी ग्लास उद्योगको सफलताको केन्द्रमा भने यसको अत्याधुनिक प्रशोधन प्लान्ट नै रहेको कम्पनीले जनाएको छ । कम्पनीले त्रुटि र कमीको सम्भावना लगभग शून्य नै हुने गरी पूर्णरूपमा कम्प्युटराइज्ड र स्वचालित उत्पादन लाइनहरूसहितका अत्याधुनिक प्रविधि प्रयोगमा ल्याएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
- दिगो पूर्वाधार विकासबाट मात्रै आर्थिक समृद्धि हासिल हुन्छ : मन्त्री ज्वाला
- (कोप २८) : ८३ अर्ब डलर परिचालनको घोषणा,कम विकसित मुलुक लाभान्वित हुने अपेक्षा
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया