जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
काठमाडौं । नेपालमा जीडब्लुएम सवारी साधनको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सञ्चालन गरेको छ । जीडब्लुएमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप पावर र विद्युतीय ओरा ०३ जस्ता सबै सवारी साधनहरूका लागि ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
क्याम्प शुक्रबारदेखि सुरु भएको र बिहीबारसम्म चल्ने बताइएको छ । यो क्याम्प जीडब्लुएमको काठमाडौं सोरुम थापाथली र भक्तपुर सोरुममा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । यसबाट कार उत्साहीहरूले टेस्ट ड्राइभको अनुभव गर्ने र एक्सचेन्जकोे विशेष अवसर प्राप्त गर्नेछन् । यस क्याम्पले उत्साहीहरूलाई स्लिक हाभल एसयूभीदेखि शक्तिशाली ओरा ०३ ईभी र पोयरजस्ता विभिन्न प्रकारका सवारी साधनहरू परीक्षण गर्ने मौका प्रदान गर्छ । चाहे सहरको यात्रा गर्दा होस् या अफ–रोडको यात्रा, जीडब्लुएमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टाले कम्पनीको नवाचार र अटोमोटिभ उद्योगमा उत्कृष्टताप्रतिको समर्पणलाई जोड दिँदै उत्कृष्ट ड्राइभिङ्ग अनुभव प्रदान गर्नेछ ।
यस क्याम्पमार्फत दैनिक बोटको स्मार्ट वाच र एकजना भाग्यशाली विजेताले मी टिभी जित्ने अवसर सोमत पाइने बताइएको छ । साथै, एक्सचेन्ज बोनस, हरेक टेस्ट ड्राइभका साथ विशेष उपहारहरू, निःशुल्क सामानहरू, आकर्षक नगद छुट, सजिलो वित्तीय सुविधा र ओरा ०३ सँग ७ किलोवाट फास्ट चार्जरजस्ता आकर्षक उपहार सुविधा पाउनेछन् । यस्तै, जीडब्लुएमले भर्खरै नेपालमा आफ्नो विद्युतीय गाडी ओरा ०३ इभी ल्याएको छ, जसले रेट्रो–मोर्डनिस्टिक डिजाइन अवधारणाको साथ ईभी प्रविधिको मिश्रणलाई मूर्तरूप दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया