ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
काठमाडौं । चेरी अटोमोबाइल कम्पनी लिमिटेडको ब्रान्ड ओमोडाले ‘क्रस फ्युचर’को रूपमा आफ्नो ब्रान्ड स्थापना गर्ने बताएको छ । ओमोडाले आफूलाई ‘ओमोडा, क्रस फ्रम फ्युचर, क्रस फर फ्युचर’ को रूपमा प्रस्तुत गरेको छ ।
कम्पनीका अनुसार जसको अर्थ ‘भविष्यबाट भविष्यका लागि क्रसओभर गाडी’ भन्ने हुन्छ । ओमोडाले उच्च गुणस्तरका कार खोज्ने उपभोक्तालाई लक्षित गरी फ्युचरिस्टिक गाडीहरू डिजाइन गर्ने बताइएको छ । अत्याधुनिक प्रविधिको प्रयोगसहित नयाँ डिजाइनहरूको विकास गर्नु ओमोडा ब्रान्ड डीएनएमै रहेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार ओमोडा उपभोक्ताहरूको परिवर्तनशील आवश्यकतालाई पहिल्याउँदै नयाँ पुस्ताका लागि पहिलो रोजाइको ब्रान्ड बन्ने भएको छ । ओमोडा, विश्वव्यापीरूपमा युवा पुस्ताको जीवनलाई अझ राम्ररी बुझ्नका लागि उनीहरूसँग संवादमा संलग्न हुँदै आइरहेको बताइएको छ । आफ्नो विश्वव्यापी ब्रान्ड धारणा पालना गर्दै ओमोडाले ‘ओ–युनिभर्स’ इकोसिस्टमको अवधारणा सिर्जना गरेको छ, जुन ब्रान्ड र प्रयोगकर्ताबीच सम्पर्क गर्न अनुकूल बनाउने प्रविधि हो ।
ओमोडाका अनुसार ओमोडाको ‘ओ’ अक्षर अक्सिजनबाट आएको हो भने ‘मोडा’को अर्थ आधुनिक हो । युवापन, आत्मनिर्भरता र विश्वव्यापीकरणको बढ्दो प्रवृत्तिको अध्ययनसँगै, ओमोडाको उद्देश्य, युवा जेनेरेसन जेड प्रयोगकर्ताहरूका लागि नयाँ डिजाइन र आधुनिक प्रविधि ल्याउँदै भविष्यका स्टाइलिस गाडीहरू प्रदान गर्नु रहेको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया