Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपीसीटी प्याटेन्ट एप्लिकेसन्समा ओप्पो पाँचौँ स्थानमा

पीसीटी प्याटेन्ट एप्लिकेसन्समा ओप्पो पाँचौँ स्थानमा


काठमाडौं, वैशाख २६
वर्ल्ड इन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (डब्ल्यूआईपीओ)ले प्याटेन्ट कोओपरेसन ट्रिटी (पीसीटी) प्रणाली मातहत अन्तर्राष्ट्रिय प्याटेन्ट आवेदन २०१९ को नतिजा घोषणा गरेको छ । १ हजार ९ सय २७ निवेदनका साथमा ओप्पो कम्पनी एप्लिकेन्ट्सअन्तर्गत पीसीटी फाइलरहरुमध्ये उत्कृष्ट पाँचौंमा पर्न सफल भएको छ । १ सय ५० कन्ट्राक्टिंग स्टेट्ससहितको अन्तर्राष्ट्रिय ट्रिटी, पीसीटी मातहत १ अन्तरराष्ट्रिय प्याटेन्ट निवेदन दर्ता गराएबापत निवेदकले विभिन्न देशहरुमा आफ्नो आविष्कारको सुरक्षा प्राप्त गर्न सक्छन् ।

सन् २००९को सुरुवात देखि नै ओप्पो वैश्विकस्तरमा विभिन्न प्राविधिक क्षेत्रमा आफ्नो प्याटेन्ट एप्लिकेसन विस्तारका लागि तदारुकताका साथ लागि परेको छ । यही प्रक्रिया अन्तर्गत ओप्पोले आफ्नो डब्ल्यूआईपीओ इन्टरनेशनल प्याटेन्ट्स एप्लिकेसन ¥यांकिंगलाई पछिल्लो वर्षको १७औँ स्थानबाट पाँचौं स्थानमा झार्न सफल भएको छ ।

सन् २०२०को मार्च महिना सम्ममा ओप्पोले ४३ हजार वैश्विक प्याटेन्ट एप्लिकेसन्स दर्ता गराइसकेको छ भने, १६ हजार ओटाका लागि आधिकारिकता पनि प्राप्त गरिसकेको छ । समग्र निवेदनमध्ये झण्डै ८८ प्रतिशत आविष्कार सम्बन्धित रहेका छन् । ओप्पोले ३ हजारभन्दा बढी फाइभजी प्याटेन्ट निवेदन दर्ता गराइसकेको छ । साथै १ हजार ९ सय एआई प्याटेन्ट निवेदन रहेका छन् ।

त्यसैगरी कम्पनीले ६ हजार १ सय ईमेज प्याटेन्ट वैश्विकरुपमा दर्ता गराइसकेको छ, जसमध्ये २ हजारले आधिकारिकता प्राप्त गरिसकेको छ । कम्पनीले फास्ट चार्जिंग क्षेत्रअन्तर्गत पनि वैश्विक स्तरमा २ हजार ७ सयभन्दा बढी निवेदन दर्ता गराइसकेको छ । यीमध्ये १ हजार १ सयका लागि आधिकारिकता पनि प्राप्त गरिसकेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया