महासंघद्वारा पूर्वअध्यक्ष गौचनको छैटौँ स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो पूर्वअध्यक्ष सहिद शरदकुमार गौचनको छैटौँ स्मृति दिवसमा मंगलबार श्रद्धाञ्जली सभा आयोजना गरेको छ । महासंघ प्राङ्गणमा भएको कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष सुकुन्तलाल हिराचन, उपाध्यक्ष खिमप्रकाश मल्ल, महासचिव रोशन दाहाल, नीतिगत उपमहासचिव शिवहरि घिमिरेलगायतले नेपालको निर्माण उद्योगको विकासमा गौचनको भूमिकाको चर्चा गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सबै तह र तप्काका व्यवसायीका हितका लागि प्रतिबद्ध गौचनको अभाव निर्माण उद्योगमा सधै महसुस हुने उनीहरूको भनाइ थियो । गौचनका हत्यारा र हत्यामा संलग्न सबै मतियारहरूलाई कानुनबमोजिम पूरा सजाय हुनुपर्ने उनीहरूको माग छ । यस्तै देशभरका निर्माण व्यवसायीहरूसहित उनीहरूका उपकरणको सुरक्षाको जिम्मा राज्यले लिनुपर्ने उनीहरूले बताए । कार्यक्रममा गौचनकी पत्नी आशा गौचन, महासंघका मानार्थ सदस्यहरू, सल्लाहकारहरू, पूर्वअध्यक्षहरू, निवर्तमान अध्यक्ष, पदाधिकारीहरू, कार्यसमिति सदस्यहरूलगायतले महासंघ प्राङ्गणमा रहेको गौचनको अर्धकदको सालिकमा माला अर्पण गरेका थिए ।
बानेश्वरस्थित निवासबाट महासंघ सचिवालय अनामनगर आउने क्रममा गौचनको २०७४ असोज २३ गते उनको निवासअगाडि गोली हानी हत्या गरिएको थियो । यसैबीच सहिद गौचनको छैटौँ स्मृति दिवसको अवसमा प्रदेश महासंघहरू र जिल्ला संघहरूले पनि विविध कार्यक्रम गरी उनको स्मरण गरेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया