अनलाइनबाट भाडामा गाडी उपलब्ध गराउँदै सजिलो रेन्टल
काठमाडौं । सजिलो रेन्टलले नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको छ । ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइटमार्फत ग्राहकहरूले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारीधनीहरूले सजिलै गाडी भाडामा दिन सक्छन् ।
सन् २०२१ को जनवरी महिनामा लन्च भएको सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकहरूलाई सफा, स्वच्छ र आरामदायी कार, जीप, हायस, कोस्टर तथा पर्यटकीय बसहरू सजिलो गरी उपलब्ध गराउँदै आएको जनाएको छ । नजिकिँदै गरेको दशँैमा सजिलो रेन्टरलबाट पनि सेवा लिन र दिन सकिनेछ । परिवार तथा इष्टमित्रसँग कतै घुम्न जानु पर्यो भने गाडी रिजर्भका लागि दुविधामा परी अल्लमल्ल हुन्छन्, मानिसहरूले भोग्ने यस्तै समस्या समाधानका लागि सजिलो रेन्टलको विकास गरेको कम्पनीका संस्थापक दामोदर फुयाँल (प्रज्वल)ले बताए । सजिलो रेन्टलले नेपालमा बस्ने मानिसहरूलाई मात्रै नभई विदेशबाट नेपाल फर्किने तयारी गरिरहेकाहरूलाई पनि सेवा दिने उनले जानकारी दिए । कम्पनीले नेपालका सातै प्रदेशका प्रमुख सहरहरू पोखरा, चितवन, बुटवल, धनगडी, नेपालगन्ज, इटहरी, बिर्तामोड र काठमाडौँमा सेवा प्रदान गर्दै आइरहेको छ ।
यात्राको क्रममा हुने जोखिम न्यूनकरणका लागि ग्राहकले रिजर्भ गर्ने गाडीमा अनुभवी ड्राइभर उपलब्ध गराइने कम्पनीले जनाएको छ । ग्राहकले न्यूनतम चार घन्टादेखि एक महिना वा बढी समयका लागि आवश्यक परेको कार, स्कर्पियो, हायस वा बस भाडामा लिन सक्छन् । सजिलो रेन्टलमार्फत सवारीधनीले सहज र सरल ढङ्गबाट आफ्नो आम्दानी बढाउन सक्छन् । सेजिलो रेन्टलका ग्राहकहरूले परम्परागत शैलीमा गाडी मिलाइदिने ब्रोकरलाई अनावश्यक रकम भुक्तानी गर्नु पर्दैन भने वित्तीय पारदर्शिता पनि प्रर्वद्धन गर्ने योजना रहेको व्यवस्थापक जर्नादन गौतमले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया