दशैँमा बज्र ग्रुपको ‘सोरुम आयो, लेभनिङ पायो’
काठमाडौं । बज्र ग्रुपले ‘सोरुम आयो, लेभनिङ पायो’ नामक दशैं स्किम सार्वजनिक गरेको छ । बज्र ग्रुपको दुईपाँग्रे इलेक्ट्रिक बिक्रेता कम्पनी इभी नेपाल मोटर्सले सो स्किम सार्वजानिक गरेको हो ।
लेभनिङ इलेक्ट्रिक स्कुटरको नेपालमा लागि आधिकारिक बिक्रेता इभी नेपाल मोटर्सले एक्सचेन्जमा फोकस भएर दशैं स्किम ल्याएको जनाएको छ । कम्पनीले दशैँ स्किमअन्तर्गत ब्याज नलाग्ने तथा विभिन्न एसोसरिजहरू निःशुल्क उपलब्ध गराउने भएको छ । यसका साथै नगदमा स्कुटर किन्न चाहने ग्राहकले आकर्षक नगद छुट समेत पाउने कम्पनीले जनाएको छ । लेभनिङको दशैँ स्किमअन्तर्गत ग्राहकले आफूसँग भएको कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग लेभनिङका नयाँ स्कुटर साट्न सक्नेछन् । एक्सचेन्जमा कम्पनीले ३० हजार थप मूल्यांकन दिने बताएको छ । यो योजना अवधि भरमा ग्राहकले लेभनिङको सोरुम भिजिट गर्दा मात्र पनि इलेक्ट्रिक स्कुटर जित्न सक्नेछन् ।
कम्पनीले ल्याएको यो स्किम लेभनिङको नेपालभर रहेको २७ वटा डिलर नेटवर्कमा उपलब्ध हुने जनाइएको छ । लेभनिङका स्कुटरहरूमा वस्च ब्रान्डका मोटर तथा एलजी तथा सामसङका ब्याट्री पाउन सकिन्छ । कम्पनीले स्कुटरमा दुई वर्षको वारेन्टी उपलब्ध गराउँदै आएको छ । कम्पनीले जर्मन कम्पनीको बोसको मोटर भएको र सामसुङको लिथियम आयन ब्याट्री भएको १५० की मी रेन्ज भएको प्रोडक्टहरू एक्सचेन्ज, फाइनान्स र क्यासको सुविधासहित बिक्रीवितरण गर्दै आएको छ । दशैँ अफरमा सोरुम आयो लेभनिङ पायो अफरको लक्की ड्रमार्फत एक जनाले नयाँ इलेक्ट्रिक स्कुटर पाउन सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया