दोस्रो ‘स्पेस एन्ड डिजाइन एक्स्पो’ हुने
काठमाडौं । आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनको आयोजनमा दोस्रो ‘स्पेस एन्ड डिजाइन एक्स्पो’ नामक प्रदर्शनी आयोजना हुनेभएको छ । ललितपुरको लबिम मलमा यही असोज २५ र २६ गते प्रदर्शनी आयोजना हुनेछ ।
सो प्रतियोगितात्मक प्रदर्शनीमा आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ८० विद्यार्थीका इन्टरियरसम्बन्धी सिर्जनाहरू राखिनेछ । विशिष्ट व्यक्तिहरूको उपस्थितिमा उद्घाटन, प्रमाण पत्र तथा पुरस्कार वितरण र दीक्षान्त गरेर प्रदर्शनी तीन चरणमा आयोजना हुनेछ । बर्जर पेन्ट्स र प्राइम टाइलको मुख्य प्रायोजन रहेको प्रदर्शनीमा सहभागी ३० विद्यार्थीले थेसिस प्रोजेक्टको रूपमा आफ्नो कला प्रदर्शनीमा प्रस्तुत गर्नेछन् भने अर्काे ३० विद्यार्थी कार्यक्रमको समापनसँगै दीक्षान्त समारोहमा सहभागी हुनेछन् । जहाँ, उनीहरूलाई व्यावसायिक इन्टेरियर डिजाइनरको पदवी प्रदान गरिनेछ । बाँकी विद्यार्थीले क्याफे डिजाइन थिममा रेस्टुरेन्ट र क्याफेहरू कसरी आकर्षक डिजाइन गर्न सकिन्छ भनेर प्रस्तुत गर्ने आईआईएफटीकी कार्यकारी निर्देशक विपना थापाले जानकारी दिइन् ।
प्रदर्शनीमा सहभागी इन्टेरियर डिजाइन अध्ययन गरेका र प्रदर्शनीमा सहभागी थेशिश प्रोजेक्ट र क्याफे डिजाइन थिममा आफ्नो सिर्जनाहरू पस्किनेलाई तीन, तीन जना सहभागीलाई प्रथम, दोस्रो र तेस्रो छनौट गरेर नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइनसम्बन्धी अध्ययन गराउँदै आएको कलेज हो । आईआईएफटीले आफ्नो विद्यार्थीका सिर्जना आम जनमानसमा परिचित गराउने उद्देश्यले यो कार्यक्रम गर्दै आएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया