फोर्स मोटर्सका गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने
काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले रिलायन्स फाइनान्स लिमिटेडसँग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउनेसम्बन्धी वित्तीय सम्झौता गरेको छ ।
आयाम इन्टरकन्टिनेटल प्रालिका अध्यक्ष डा. धु्रव थापा र रिलायन्स फाइनान्स लिमिटेडका सीईओ समजप्रकाश श्रेष्ठ र डीसीईओ रामहरि आचार्यले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौताअन्तर्गत आयाम इन्टरकन्टिनेन्टलको सिफारिस प्राप्त ग्राहकहरूले फोर्स ब्राण्डका सवारीसाधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । सरल र सहज कर्जा उपलब्ध गराउने उद्देश्यका साथ यो सुविधा आयाम इन्टरकन्टिनेटल प्रालिका देशभरि रहेका सम्पूर्ण डिलरहरू र रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमुख स्थानहरूमा डिलर तथा सर्भिस सेन्टरहरू रहेका छन् ।
साथै, फोर्स मोटर्सका गाडीहरू खरिद गर्न चाहने ग्राहकलाई दशैँ र तिहारको अवसरमा कम्पनीले आकर्षक योजनाहरू सार्वजनिक गरेकोे छ । कम्पनीका अनुसार बैंकमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५० प्रतिशत क्यासब्याक, एक्सचेन्जमा कम्तीमा चार लाखको मूल्यांकन, एक वर्षको मर्मतसम्भार खर्च र बीमा फ्रिलगायतका अफरहरू सार्वजनिक गरेकोे छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया