पर्यटन व्यवसायलाई उद्योगमा वर्गीकरण गरिदैँ
काठमाडौं । सरकारले अबका दिनमा पर्यटन व्यवसायीलाई उद्योगमा वर्गिकरण गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस, सुधारका लागि सहकार्य’ कार्यक्रममा पर्यटनलाई उद्योगको रुपमा अगाडि बढाउन नसके देश आर्थिक रुपमा अघि बढ्न नसक्ने भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पर्यटनलाई उद्योगमा वर्गिकरण गर्ने बताएका हुन् ।
पर्यटन क्षेत्रलाई औद्योगिक व्यवसाय ऐन २०७६ मा पर्यटनमा मात्र वर्गीकरण गरेको छ । तर, देशलाई आर्थिक रुपमा अघि बढाउने हो भने राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गरी उत्पादनमूलक उद्योग सरहको सुविधा दिनुपर्ने उनको भनाई थियो ।
यसअघि नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा मन्त्री समक्ष माग गरेको थियो । केही समय अघि महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु बस्नेत(अजित)को नेतृत्वको टोलीले उद्योग मन्त्रीलाई भेटी होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिनमा माग गरेको थियो । साथै, उक्त समितिले होटलमा निजी क्षेत्रको ठुलो पुँजी लगानी गरी लाखौँलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरी मुलुकको कूल गार्हस्थ उत्पादनमा समेत टेवा पुर्याएको भन्दै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योग सरह मान्यता दिन माग गरेको थियो ।
मन्त्रीको प्रतिवद्धता र उद्घोष अनुरुप पर्यटन व्यवसाय उद्योग क्षेत्रमा वर्गिकरण भएमा पर्यटकीय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै हरित पर्यटनमार्फत ठुलो मात्रामा विदेशी पर्यटक भित्र्याउन सकिने समितिका सभापति बस्नेतले बताए । साथै, अबका दिनमा होटल व्यवसायमा विदेशी लगानी भित्र्याउन हाल भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ परिमार्जन कूल बिक्रीको ५ प्रतिशत रोयल्टीको व्यवस्थालाई हटाईनुपर्ने बताए । ‘रोयल्टीवापत ५ प्रतिशत मात्रै शुल्क पठाउन पाउने व्यवस्थाले मुलुकमा अन्तरराष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन देखिन्छ’, उनले भने, ‘अन्तरराष्ट्रिय ब्राण्डका होटलहरुले ५ प्रतिशतभन्दा कम मूल्यमा सञ्चालन नगर्ने भएकाले सो क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिँदैन ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया