सुकुटेमा नेपालमै पहिलो ह्याममेक केबलकार
काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा नेपालमै पहिलो पटक ह्याममेक केबलकार, ३६० डिग्री स्विङलगायत साहसिक खेलका गतिविधिहरू सञ्चालनमा आएका छन् । कम्पनीका अनुसार, स्विङमा ३६० डिग्रीमा घुमेर ‘थ्रिल’को अनुभव गर्न सकिनेछ । यस किसिमको स्विङ नेपालमै पहिलो पटक भएको कम्पनीको दाबी छ ।
कम्पनीले भोटेकोसी खोलामाथि दुई सय २० मिटर लामो जिपलाइन पनि सुरु गरेको छ । साथै दुई सय २० मिटर लामो स्काइ रोप साइकल पनि सञ्चालनमा आएको छ । स्काइ रोप साइकलमा एक जना बसेर चलाउने र जोडी नै बसेर चलाउन मिल्ने गरी बनाइएको छ । थ्रिल भ्याली प्रालिले करिब एक करोड रुपैयाँको लगानीमा सुकुटेमा स्विङसहित विभिन्न साहसिक खेलहरू सञ्चालनमा ल्याएको हो । ¥याफ्टिङ व्यवसाय गर्दै आएका महेन्द्र श्रेष्ठ, सम्झना खड्का र राज केसीको लगानीमामा सुकुटेमा थ्रिल भ्याली सुरु गरिएको छ । साहसिक खेलका पारखीहरूका लागि लक्षित गरी कम्पनीले सञ्चालनमा ल्याइएको सञ्चालक श्रेष्ठले जानकारी दिए । कम्पनीले सञ्चालनमा आएको अवसरमा रिसोर्टले आफ्ना ग्राहकहरूका लागि तिहारसम्म विभिन्न छुटको घोषणा गरेको छ ।
कम्पनीका अनुसार, स्वीङका लागि तीन सय रुपैयाँ प्रतिव्यक्ति, केबल कारका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ, स्काइ साइकलको एक हजार रुपैयाँ प्रतिव्यक्ति तथा डबल स्काइ साइकलको १५ सय रुपैयाँ लाग्नेछ । यस्तै फ्यामिली पिङका लागि दुई सय रुपैयाँ र गुलेली पिङका लागि पनि दुई सय रुपैयाँ शुल्क कायम गरिएको छ । काठमाडौंबाट दोलालघाट सार्वजनिक तथा निजी सवारीसाधनमा सहजै सुकुटे पुग्न सकिन्छ । काठमाडौंबाट ६६ किलोमिटरको दूरीमा सुकुटे रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया