‘जावलाखेल जुत्ता चप्पल दशैँ महोत्सव’को पहिलो भाग्यशाली विजेता घोषणा
काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा आयोजना गरिएको ‘जावलाखेल जुत्ता चप्पल दशैँ महोत्सव २०८०’ मा लक्की ड्रमार्फत बम्पर उपहारको पहिलो विजेता घोषणा गरिएको छ ।
उक्त लक्की ड्र कार्यक्रम जावलाखेल फुटबल मैदानमा एक कार्यक्रमबीच घोषणा गरिएको हो । यस लक्की ड्रका विजेता कुपन नं. २३९९८ को मिरा तिवारीले बम्पर उपहारस्वरुप २२ हजार रुपैयाँबराबरको खसी प्राप्त गरेकी छिन् । साथै अन्य ११ जना विजेताहरूले एक हजार रुपैयाँबराबरको सपिङ भौचर प्राप्त गरेका छन् । बम्पर उपहारको दोस्रो विजेता भने मेलाको अन्त्यमा घोषणा गरिने आयोजकले जनाएको छ । दोस्रो विजेताले पनि बम्पर उपहारस्वरुप २२ हजार रुपैयाँबराबरको खसी प्राप्त गर्नेछन् । विजेताहरूलाई नियमअनुसार कर कट्टी गरी रकम हस्तान्तरण गरिनेछ ।
महोत्सव ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित यही असोज १० गतेदेखि भव्यरुपमा चलिरहेको छ । मेलामा नेपाली ब्राण्डका गुणस्तरीय तथा आकर्षक जुत्ता चप्पलहरू ५० प्रतिशतसम्मको आकर्षक छुटमा खरिद गर्न सकिने बताइएको छ । महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरू रोयल सुज, बीएफ डियर हिल र बीएफ स्पोर्ट, क्रस रोड सुज, फस्टवाक सुज, सिल्स, हाई लाइफ, केटीएम, डिजे सुज, बेली सुज, उत्सव र कोसेली सुज गरी ११ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहेको छ । यस महोत्सवमा ग्राहकले नयाँ ब्रान्ड तथा डिजाइनका तीन हजार बढी मोडलका जुत्ता चप्पलहरू रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया