एप्पलको ग्राउन्डब्रेकिङ आईफोन १५ सिरिज नेपालमा सार्वजनिक
काठमाडौं । नेपालमा एप्पलको लागि एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्राइभेट लिमिटेड (जेनएक्सटी)ले आईफोन १५ सिरिज नेपालमा सार्वजानिक गरेको छ ।
आईफोन १५ सिरिज नेपालमा एक लाख ५७ हजार पाँच सय रुपैयाँदेखि तीन लाख नौ हजार पाँच सय रुपैयाँसम्ममा पाइने कम्पनीले जनाएको छ । आईफोन १५ सिरिजको आधिकारिक लन्चिङको घोषणा गरेसँगै कम्पनीले प्राविधिक अनुभवलाई थप नयाँ आकार दिन सफल भएको उल्लेख गरेको छ । नयाँ एप्पल उपकरणहरू र शीर्ष–स्तरीय सेवाहरू प्रदान गर्ने कम्पनीको अटल प्रतिबद्धता यस ग्राउन्डब्रेकिङ सहकार्यले पूरा गरेको बताइएको छ । आईफोन १५ को मुख्य विशेषताहरू अत्याधुनिक प्रविधि, क्रान्तिकारी क्यामरा प्रणाली, पातलो र आधुनिक डिजाइन रहेको छन् ।
यस्तै कम्पनीले आईफोन १५ सिरिज खरिद गर्नेहरूलाई कम्प्लिमेन्ट्री एक वर्ष विस्तारित वारेन्टी, एक पटकको स्क्रिन प्रतिस्थापन, २०–वाटको एडाप्टर र एनआईएमबी र ग्लोबल आईएमई बैंकसँगको साझेदारीमा शून्य डाउन भुक्तानीका साथ सजिलो ईएमआई विकल्पहरू उपलब्ध गराएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
- प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया