ओमोडा ५ ईभी नेपालमा अनावरण
काठमाडौं । चेरी इन्टरनेसनलले नेपालमा फ्युचरिस्टिक फ्ल्यागसिप भेरियन्ट ओमोडा ५ ईभी लाइभस्ट्रिममार्फत अनावरण गरेको छ । ओमोडाको चिनियाँ टोलीले एक अनलाइन लाइभस्ट्रिम कार्यक्रममार्फत नेपालमा सो ईभीको अनावरण गरेको हो ।
ओमोडाका सीएमओ, लिलियन जिओंग र प्रबन्ध निर्देशक, कायपानद्वारा सञ्चालित लाइभस्ट्रिम कार्यक्रम चीनबाट भएको थियो । कम्पनीले ओमोडा ५ ईभी छिटै नेपालमा भित्र्याउने तयारी समेत थालिसकेको जनाएको छ । चेरी इन्टरनेसनलले विश्वभरका उद्योगमा महत्वपूर्ण प्रगति गरेको उल्लेख गरेको छ । कम्पनीका अनुसार निर्यात मात्रा तीन मिलियन एकाइभन्दा बढी छ । ओमोडाले आफ्नो ‘क्रस’ ट्यागलाइनको अन्तर्गत, एक फेसन–फर्वार्ड, उच्च–प्रविधि, र हरियो छवि प्रदान गर्दछ । ओमोडा ५ ईभीलेलाई कम्पनीले ‘लाइट अफ मुभमेन्ट’ भनेको छ । यसको बाहिरी भागमा स्पोर्टी ‘एक्स’ आकारको फ्रन्ट फेस छ, जुन हावा प्रतिरोधका लागि अनुकूल छ । साथै सही सन्तुलन कायम राख्न गतिशील बडी लाइनहरू पनि छन् ।
यसको पछाडिको भाग (रिअर)ले एक उल्टाएको डिजाइन देखाउँछ, जसले एक अत्यधिक गतिशील स्थिति प्रकट गर्दछ । यस ईभीको मुख्य विशेषताहरूमध्ये एक यसको स्मार्ट हल्का ब्याट्री हो, जसले ब्याट्रीको आयु बढाउने र भीटूएल प्रविधिमार्फत माइलेज दिने गर्दछ । ८१५५ क्वालकम स्मार्ट चिप, १६ प्रकारका एडीएएस सोनी स्पिकर, असिस्टेड ड्राइभिङले सुसज्जित ओमोडा ५ ईभीले भविष्यलाई उपभोक्ताहरूको नजिक ल्याउने कम्पनीको दाबी छ । यो गाडी दुईवटा ब्याट्री विकल्पहरूमा उपलब्ध हुनेछ । ६१ किलोहर्ज ब्याट्री भएको लामो दायरा भेरियन्ट पहिले लन्च गरिने र त्यसपछि ४० किलोहर्ज ब्याट्री रहेको छोटो दायरा भेरियन्ट लन्च गरिने कम्पनीले जनाएको छ ।
यस्तै यसमा मोटर क्षमता विकल्पहरू पनि प्रस्ताव गरिनेछन्, १०० किलोवाटभन्दा कम मोटर क्षमता भएको ईभी सुरुमा ल्याइने र पछि उपभोक्ताको मागमा आधारित रही ठूला मोटर विकल्पहरू पनि थपिने कम्पनीले उल्लेख गरेको छ । चेरी इन्टरनेसनलले नेपालमा आफ्ना पूर्वाधार र सेवा नेटवर्कलाई विस्तार गर्ने योजना बनाएर उपयुक्त ग्राउन्ड क्लियरेन्स राखेर यो गाडी नेपाली सडकको लागि अनुकूल बनाइएको जनाएको छ । नेपालमा एसपीजी अटोमोबाइल्स प्रालि चेरी अटोमोबाइलको अधिकृत वितरक हो । कम्पनीले चीनमा रहेको उत्पादन कारखानाबाट चेरी गाडीहरू आयात गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया