पठाओको ‘त्रिवि–पठाओ वार्षिक छात्रवृत्ति योजना’
काठमाडौं । पठाओ नेपालले त्रिभुवन विश्व विद्यालयसँगको सहकार्यमा ‘त्रिवि पठाओ वार्षिक छात्रवृत्ति योजना’ सार्वजनिक गरेको छ ।
सो योजनाका लागि पठाओकी मार्केटिङ हेड सुरक्षा हमाल र त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारीले एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत रहेको यस योजनामा पठाओले आर्थिक समस्या भएका नेपालभरका एक सय जना जेहेनदार विद्यार्थीहरूका लागि एक वर्षमा १५ हजार रुपैयाँसम्मको वार्षिक छात्रवृत्ति प्रदान गरिने जनाएको छ । सम्झौता एक वर्षका लागि गरिएको कम्पनीको भनाइ छ । यस योजनामा विद्यार्थी छनोटका लागि ‘स्कलरसिप कमिटी’ बनाइनेछ । सो कमिटीमा कम्पनीका तर्फबाट दुई जना र विश्वविद्यालयको तर्फबाट तीन जना सदस्य रहनेछन् ।
स्कलरसिपबारे जानकारी र फर्म विश्वविद्यालयले प्रदान गर्ने र पठाओ नेपालको वेबसाइट, सामाजिक सञ्जाल, विश्वविद्यालयअन्तर्गतका कलेजहरू तथा कलेज परिसरभित्र समेत प्रचार गरिने पठाओ नेपालको मार्केटिङ प्रमुख सुरक्षा हमालले जानकारी दिइन् । उनले भनिन्, ‘यस स्कलरसिपका लागि तोकिएको मापदण्डअनुसार आवेदन दिएका उम्मेदवारमध्येबाट उचित उम्मेदवार स्कलरसिप कमिटीले छान्नेछ ।’ यस योजनामा छानिएका विद्यार्थीलाई विश्वविद्यालयअन्तर्गतका मुख्य क्याम्पस र ६२ वटा आङ्गिक क्याम्पसमा छात्रवृत्तिमा पढ्न मिल्ने कम्पनीले जनाएको छ । सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा संकायमा अध्ययनरत विद्यार्थीहरूलाई स्कलरसिप दिइने कम्पनीको भनाइ छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको यो कार्यक्रमको मुख्य उद्देश्य खर्च अभावले जेहेनदार विद्यार्थीको शिक्षा नरोकियोस् भन्ने रहेको हमालले बताइन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया