नेपालमा हाइगर ब्राण्डका विद्युतीय गाडीहरू सार्वजनिक गर्ने तयारी
काठमाडौं । शशिला मोटर्स प्रालिले हाइगर ब्रान्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । सो गाडी नेपालमा ल्याउनका लागि कम्पनीले चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।
हाइगर बस कम्पनी लिमिटेडले विश्वका एक सय ३० भन्दा धेरै देशहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ । हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्रान्ड’को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्राण्ड हो । यो सम्झौतासँगै कम्पनी हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारिक वितरक बनेको छ । सुरुमा कम्पनीले १६ सिट क्षमताका इभी मिनी भ्यान र मिनीबस नेपाली बजारमा सार्वजनिक गर्न लागेको जनाएको छ । यी सवारीहरू वातावरणमैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनीबस रेन्जहरूमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाको विश्वास छ ।
कम्पनीका अनुसार हाइगर इभी भ्यानमा १६ सिट क्षमता, सिङ्गल चार्जमा २५० किमि रेन्ज, ७० किवा आवर ब्याट्री, कटिङ एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक, कोलिजन अभोइडेन्स सिस्टम, लेन डिपार्चर वार्निङ तथा एअर ब्याग सिस्टमहरू रहेको छ । यस्तै यसमा यात्रुको सुविधाका लागि एअर कन्डिसनसहित उत्कृष्ट आन्तरिक सजावट छ । कम्पनीका अनुसार यो ईभीमा नेपालको बाटोसुहाउँदो २०० एमएम उचाइ ग्राउन्ड क्लियरेन्स, ९० किवा पावर र ३५० एनएम टर्कसहित उत्कृष्ट तान्ने क्षमता, एलोइ ह्वील र २१५ आर ७५ टायर साइज, १६ पीआर रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया