सामसङको २०२३ सी–सिरिज टिभी सार्वजनिक
काठमाडौं । सामसुङले आफ्नो क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी सेटहरूको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टिभीहरूको लन्च गरेको छ । यो सिरिजको टिभीहरू यही वर्षको दशैं–तिहारका लागि भनेर नेपालमा आइसकेको कम्पनीले जनाएको छ ।
यो नयाँ लाइन–अपको टिभीहरू ४३ देखि ८५ इन्चसम्मका विभिन्न साइजमा उपलब्ध रहेका छन् । नेपाली बजारमा आएका यी नयाँ २०२३ क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभीमा सामसुङको फ्ल्यागसिप फिचरहरू जडित छन् । सामसुङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्ट थिङ्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा यसमा रहेको कम्पनीले जनाएको छ । यी टिभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस एडजस्ट गर्नका लागि आईओटी लाइट सेन्सरहरूको सुविधा पनि रहेको छ । यसै सँगै सी–सिरिजका टिभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएका छन् । यसका साथसाथै ३१ डिसेम्बर २०२३ भित्रमा खरिद गरिएका टिभीहरूमा ३ वर्षको पूर्ण वारेन्टी उपलब्ध गराएको कम्पनीले जनाएको छ । सामसुङ नेपालका कन्जुमर इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोक कुमार गुप्ताका अनुसार नयाँ २०२३ लाइन–अप प्रयोगकर्ताहरूलाई असल इमर्सिभ कन्टेन्टको अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।
कम्पनीका अनुसार नयाँ २०२३ क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी लगायत सी–सिरिज दशैं र तिहार विशेष अफरमा उपलब्ध छन् । यस अफरमार्फत् सामसुङका टिभीहरूमा ४१ प्रतिशतसम्म छुट पाइनेछ । नयाँ सी–सिरिजको मूल्य दायरा विशेष चाडपर्व अफरमा ७२ हजार १५९ रुपैयाँबाट सुरु हुने बताइएको छ । नयाँ २०२३ सामसुङ टिभीहरूका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि र आधिकारिक डिस्ट्रिब्युटर्स त्रिवेणी व्यापार कम्पनी लि.को डिलर नेटवर्कअन्तर्गत नेपालभरका डिलर नेटवर्कबाट उपलब्ध छन् । ग्राहकले सामसुङबाट शून्य प्रतिशत ईएमआई सेवा, स्मार्ट प्लाजाबाट झन्झटमुक्त इन्स्टा फाइनान्समा खरिद र अर्को स्टोरबाट एक्सचेन्ज सेवा पाउन सक्छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया