जेसीबीको रिटेलर हेटौंडामा
काठमाडौं । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटर्स प्रा. लि.ले आफ्नो एक्सक्लुसिभ रिटेलर ऋतु ट्रेडर्स, हेटौंडा, थाना भ-याङमा सञ्चालनमा ल्याएको छ ।
सो रिटेलरको हेटौंडा उपमहानगरपालिकाका उप–मेयर राजेश बाँनिया, हेटौंडा चेम्बर अफ कमर्सका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, हेटौंडा अटोमोबाइल्स संघका अध्यक्ष दामोदर प्रसाद अटल, ऋतु ट्रेडर्सका प्रोप्राइटर सागर सापकोटा र एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटर्सका प्रतिनिधिले संयुक्त रूपमा उद्घाटन गरेका थिए । यसको सुरुवातसँगै अब हेटौंडाका ग्राहकहरूले ऋतु ट्रेडर्समार्फत् सजिलै जेसीबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउने बताइएको छ ।
जेसीबी मेसिनहरूलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर ‘जेसीबी लाई जेसीबी मात्र’ भन्ने नाराका साथ कम्पनीले यो शाखाको सुरु गरेको जनाएको छ । एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटर्स नेपालका लागि जेसीबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । कम्पनीले नक्कली पार्टपुर्जाहरूको प्रयोग र जोखिमबाट जोगाउन जेसीबीका सक्कली पार्ट्सहरू आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरूमार्फत् देशभर बिक्री वितरण गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया