अनलाइन डेलिभरीका लागि फेब बड
काठमाडौं । अनलाइन डेलिभरी प्लेटफर्म फेब बड सञ्चालनमा आएको छ । हाल बजारमा देखिएको डेलिभरी समस्यालाई छिटो, छरितो र भरपर्दाे बनाउन फेब बड सञ्चालनमा आएको हो ।
यस डेलिभरी सर्भिसमार्फत व्यवसायीले सही समयमा तोकेकै ठाउँमा आफ्ना ग्राहकहरूलाई भरपर्दो र छिटो सामान पठाउन सक्नेछन् । यस्तै, ग्राहकहरूले पनि आफूले भनेकै समयमा डेलिभरी लिई फेब बडको सर्भिसको लाभ लिनसक्ने बताइएको छ । फेब बड एक हाइपरलोकल डेलिभरी प्लेटफर्म हो, जहाँ उपत्यकाभर विभिन्न सरसामानको डेलिभरी गरिन्छ । यस प्लेटफर्मले कुनै पनि समयमा पिकअप, तत्काल वितरण, किफायती वितरण शुल्क र उही दिन क्यास अन डेलिभरीलगायत विभिन्न सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
फेब बड प्रयोग गर्नको एकदमै सजिलो रहेको कम्पनीले जनाएको छ । यसका लागि प्लेस्टोरबाट फेब बड एप डाउनलोड गरी खाता दर्ता गर्नुपर्नेछ । खाता दर्ता गरेपश्चात् आफूलाई पायक पर्ने सेवाहरू चयन गरी सेवा लिन सकिने कम्पनीले जनाएको छ । यसका साथै यदि डेलिभरीमा केही नगद छ भने, फेब बड सवारले सो रकम संकलन गरेर इसेवा, खल्ती, बैंकलगायत अन्य विभिन्न सेवाहरूमा एकै दिनमा रकम स्थानान्तरण गर्नेछ । यसको मुख्य विशेषता नै फास्ट डेलिभरी, ट्राकिङ, वितरण अनुसूची हेर्न मिल्ने, कोड सेवा, डेलिभरी समयमा चालकसँग कुराकानी गर्न मिल्ने, डेलिभरीमा लागेको समय रेखा हेर्न सकिने र यस एपमार्फत प्रत्यक्ष अर्डर गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
- प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया