Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोभिड १९ ट्रेसिङ एपको सुरुवात

कोभिड १९ ट्रेसिङ एपको सुरुवात


काठमाडौं, वैशाख २९
कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर सीसीएमसी ओपीसीको औपचारिक एप कोभिडएनपीको सुरुवात गरिएको छ । सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्दै आएको आईमार्क प्रालिले कोभिड नियन्त्रणका लागि सरकारलाई सघाउन निःशुल्क रुपमा तयार पारेको एपको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले छाउनीमा स्थापना गरिएको सीसीएमसी सञ्चालन केन्द्रमा एक कार्यक्रमका बीच औपचारिक सुरुवात गरेका हुन् ।

आफ्नो मोबाइलमा कोभिड एनपी एप डाउनलोड गरेपछि पोखरेलले एपको अपडेटेड भर्सन रिलिज गर्ने बटन दबाएर औपचारिक सुरुवात गरेका हुन् । सम्भावित बिरामीको पहिचान गरी समयमा नै दु्रत स्वास्थ्य परामर्शलगायत थप उपचारको व्यवस्थालाई सहज बनाउने उद्देश्यले उक्त एप प्रयोगमा ल्याइएको हो । जो कसैले पनि गुगल प्लेस्टोर तथा एप्पलको एपस्टोरबाट कोभिड एनप्पी नामको उक्त एप डाउनलोड गरी प्रयोग गर्न सकिन्छ ।

गुगल प्लेमा अहिले नै उपलब्ध भइसकेको उक्त एप एप्पलको एप स्टोरमा केही दिनमा उपलब्ध हुने जानकारी कायक्रममा दिइएको छ । यो एपबाट कोभिड १९ रोगका लक्षण, संक्रमणबाट जोगिन अपनाउनुपर्ने सतर्कता, स्वास्थ्य परीक्षणलगायतका विषयमा विस्तृत जानकारी प्राप्त हुनेछ । प्रयोग गर्ने व्यक्तिलाई सोधिएको प्रश्नका आधारमा प्राप्त उत्तरको मूल्यांकन गरी प्रयोगकर्तालाई हरियो, पहेँलो र रातो गरी तीन श्रेणीमा विभाजन गरी आवश्यकताअनुसार पत्ता लगाउन सक्ने व्यवस्था गरिएको एप निर्माण कम्पनी आइमार्क प्रालिका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।

रक्षामन्त्री पोखरेलले महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यतर्फ सबैको इमानदार प्रयासको खाँचो औँल्याए । कोभिडबारे यथार्थ जानकारी जनतालाई दिन जरुरी रहेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले जानकारी होस् भन्ने हेतुले तयार गरिएको एपको प्रयोग गर्न, सही सूचना प्राप्त र प्रवाह गर्न सम्पूर्ण नागरिकलाई आह्वान गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोभिड– १९ सम्बन्धी जानकारी र सूचना एकीकृतरुपमा प्राप्त गर्न सकियोस् भन्ने हेतुले तयार गरिएको एपबाट प्रयोगमा सहज र सरल गराउने तथा दुरुपयोग नहोस् भन्नेमा उच्च सतर्कता हुन आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीका सूचना तथा प्रविधि सल्लाहकार असगर अलीले अन्य मुलुकमा प्रयोगमा ल्याएको जस्तै एप तयार भएको भन्दै प्रयोग गर्न सबैलाई अपिल गरे । उनले कोभिड एनपी एपको प्रयोग सही तरिकाले सबैले गरेको खण्डमा कोरियाको जसरी नै संक्रमण नियन्त्रणमा सरकारले सफलता हासिल गर्ने र दैनिकी सहज बन्दै जाने विश्वास व्यक्त गरे । एप डेभलपर कम्पनी आईमार्कका अध्यक्ष ढुङ्गानाले कोरोना नियन्त्रणका लागि विभिन्न क्षेत्रमा कार्यरत ७० जनाभन्दा बढी प्रविधिक तथा चिकित्सकको योगदानमा एप तयार पारिएको बताए । कोभिड नियन्त्रणका लागि आफुहरुले गरेको पहल अनि सरकारको सक्रियतासँगै नागरिकको उपि उत्तिकै महत्वपूर्ण भूमिका हुने भन्दै एप प्रयोग गरी हातेमालो गर्न उनले आग्रह गरे ।

उक्त एपमार्फत कोरोनासम्बन्धी आवश्यक जानकारी लिई रोग नियन्त्रण र रोकथाममा सहयोग पु-याउन आम नागरिकलाई अनुरोध गरिएको छ । उक्त एपमा राखिएका तथ्य तथ्यांक राष्ट्रिय सूचना केन्द्रको सर्भरमार्फत स्वास्थ्य मन्त्रालय, डेभलपर, प्रयोगकर्ता र सम्बद्ध पक्षका बीचमा सम्पर्क स्थापित गर्नेछ । एप प्रयोगकर्ताहरुले ब्लुटुथ अन गरिराखेको खण्डमा सम्भावित संक्रमितहरुको पहिचान गर्न नागरिकलाई सहज हुने विश्वास गरिएको छ । जसका कारण आईमार्कले सबै प्रयोगकर्तालाई ब्लुटुथ बन्द नगर्न पनि आग्रह गरेको छ । कोभिड– १९ का सम्बन्धमा तथ्यपरक र एकीकृत तथ्यांक राख्न एप फलदायी हुने विश्वास लिइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया