कोकाकोलाको ‘सम्बन्ध उत्सव स्वादसँग’
काठमाडौं । कोकाकोला नेपालले चाडपर्वको अवसर पारेर ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियानलाई पुनः सुरु गरेको छ । अभियानमा दशैँ र तिहारलाई प्रतिनिधित्व गर्ने कलाकृतिहरू देखाउने दुईवटा लेबलहरू राखिनेछ ।
दुईवटा लेबलमा रहेका कलाकृतिले दशैँमा टीका लगाउने, तिहारमा दियो बाल्ने र देउसी भैलो खेल्ने÷मनाउनेजस्ता गतिविधिहरू समेटेको कम्पनीले जनाएको छ । उक्त लेबलहरू कोकाकोला एक लिटर, १.५ लिटर र २.२५ लिटरका बोतलमा उपलब्ध हुनेछन् । कोकाकोलाको ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियानले दशैं र तिहारको भावनासँग पूर्णरूपमा मिलेर एकता र पारिवारिक बन्धनको मूल नेपाली सिद्धान्तहरू झल्काउने कम्पनीको भनाइ छ । कोकाकोला बेभरेज नेपालका म्यानेजिङ डाइरेक्टर, जी दीपक सेन्थिल नाथले कोकाकोलाको यो अभियानले दशैँ र तिहारलाई नेपालभरका परिवारहरूका लागि अझ विशेष बनाउन मद्दत गर्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया