नेपाल फिनल्याण्ड चेम्बरको अध्यक्षमा तिमिल्सिना
काठमाडौं । नेपाल फिनल्याण्ड उद्योग वाणिज्य संघको अध्यक्षमा उद्योगी मुकुन्द तिमिल्सिना निर्वाचित भएका छन् । संघको हालै सम्पन्न प्रथम वार्षिक साधारणसभाले तिमिल्सिनाको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
संघले नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई संरक्षक चयन गरेको छ भने संघको तीन उपाध्यक्षमा प्रज्वलजँग पाण्डे, सुनिल केसी र शक्तिकुमार बेगानी रहेका छन् । यस्तै, महासचिवमा विश्वेश श्रेष्ठ र कोषाध्यक्षमा दीपेन्द्र सिग्देल निर्वाचित भएको संघले जनाएको छ । संघको दुई सचिवमा सीताराम थापा र उरुषा चापागाई निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा अर्जुन पौडेल, विजय पौडेल, भरत श्रेष्ठ, चेतन भण्डारी, डीमप्रसाद पौडेल, गोर्मे दोर्जी शेर्पा, निलकृष्ण ताम्राकार र प्रदीक्षा शर्मा निर्वाचित भएको संघले जनाएको छ ।
यस्तै, प्रकाशबहादुर खत्री, प्रकाश पाण्डे, राजेन्द्र ढकाल, राजेन्द्र सापकोटा, राजेश लामा, राकेशकुमार अडुकिया, सञ्जीवकुमार पाण्डे, शिव ढकाल र उत्तम सिलवाल पनि संघको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । संघका अध्यक्ष तिमिल्सिनाले नेपाल र फिनल्याण्डबीचको सम्बन्ध विस्तारसँगै लगानी, पर्यटन तथा व्यापारिक क्षेत्रमा संघले घनीभूत ढंगले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाली वस्तुको फिनल्याण्डमा निकासीको राम्रो सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले आउँदा दिनमा निकासी प्रवर्द्धनसम्बन्धी कार्यलाई प्राथमिकतामा राखिने बताए । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले फिनल्याण्डबाट ३० करोड ४७ लाख १४ हजार रुपैयाँबराबरका वस्तु आयात गरी आठ करोड ५७ लाख ६१ हजार मूल्यबराबरको निकासी गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया