होम अप्लाइन्सेसको लागि एलजी शीर्ष स्थानमा
काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले टिभी र प्रमुख होम अप्लाइन्सेसको लागि २०२३ अमेरिकी कस्टमर स्याटिसफ्याक्सन इन्डेक्स(एसिएसआई) सर्वेक्षणबाट उत्कृष्टताको मान्यता प्राप्त गरेको छ ।
ग्राहकको प्रतिक्रियामा आधारित उत्कृष्ट उत्पादनहरू प्रदान गरेर उपभोक्ताहरूको दैनिक जीवनलाई समृद्ध बनाउने एलजीको दृढ प्रतिबद्धतालाई एसिएसआई नतिजाहरूले जोड दिने कम्पनीको दाबी छ । एसिएसआई एक प्रख्यात र एक मात्र अमेरिकी संस्था हो, जसले उद्योगहरूको ग्राहकको सन्तुष्टि मापन गर्दछ । दुई दशकभन्दा बढी विशेषज्ञता भएको उक्त संस्थाले विभिन्न प्रकारका उद्योगहरूको विस्तृत मूल्यांकन गर्दछ । एसिएसआई सर्वेक्षणका निष्कर्ष अत्यन्त विश्वसनीय मानिन्छ, जुन ५ लाख भन्दा बढी ग्राहकहरूको अन्तर्वार्ताबाट साभार गरिएको हो ।
एलजीले यस वर्षको एसिएसआई टिमी क्याटगोरीमा ८३ स्कोर रेकर्ड कायम गरी शीर्ष स्थान हासिल गर्न सफल रह्यो, जुन ४ प्रतिशत उल्लेखनीय वृद्धि हो । एलजी टिभीले उत्पादनको स्थायित्व, इन्टर्नल कन्फिगरेसन, बाहिरी डिजाइन र वारेन्टी कभरेज लगायत धेरै क्याटगोरीमा ग्राहकहरू माझ लगातार उत्कृष्ट प्रदर्शन गरेको छ । साथै होम अप्लाइन्सेसको विधामा एलजीले लगातार दुई वर्ष पहिलो स्थान हासिल गरेको छ । गत वर्ष ८१ स्कोर हासिल गर्ने एक मात्र उत्पादक रहेको एलजीले, यस वर्ष ८२ अंकको साथ गौरवपूर्ण स्याटिसफ्याक्सन इन्डेक्स हासिल गरेको छ । जुन एलजीको अघिल्लो उपलब्धिभन्दा एक अंकको वृद्धि हो । एलजीले आफ्नो भिजनलाई दिगो तथा वातावरण मैत्री प्रविधिसँग एकबद्ध गरेको छ ।
अमेरिकी ऊर्जा विभागले उत्पादकहरूलाई होम अप्लाइन्सेसमा पानी र ऊर्जा खपत घटाउनका लागि विभिन्न नियमहरू र मापदण्डहरू निर्माण गरेको छ । एलजीले नेपालमा पनि बिगत ३५ बर्ष देखि दिगो तथा वातावरण मैत्री प्रविधियुक्त उत्कृष्ट उत्पादनहरू भित्र्याएर ग्राहकको उच्चतम सन्तुष्टि हासिल गरिरहेको दाबी गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया