एनसेलको ‘रिचार्जमा बोनस अफर’
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ । बडा दशैँ २०८० को अवसरमा एनसेलले आफ्ना सबै ग्राहकका लागि यो आकर्षक अफर सञ्चालनमा ल्याएको हो ।
अफरअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले दुई सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्नेछन् । यो योजना बुधबारदेखि लागू भएको र कात्तिक १५ गतेसम्म सञ्चालनमा रहनेछ । रिचार्जमा बोनस योजनाअन्तर्गत, रिचार्ज गरेको रकमको आधारमा दुई हजार एमबीदेखि आठ हजार एमबी बोनस डेटा प्राप्त हुनेछ । दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्नेले चार सय एमबी अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजेसम्म (१९ घण्टा) प्रयोग गर्न सकिने एक हजार छ सय एमबी डेटा बोनसस्वरूप प्राप्त गर्नेछन् । त्यस्तै पाँच सय रुपैयाँभन्दा बढी ब्यालेन्स रिचार्ज गर्नेले दुई हजार चार सय अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजे सम्म (१९ घण्टा) प्रयोग गर्न सकिने पाँच हजार छ सय एमबी डेटा बोनसस्वरूप प्राप्त गर्नेछन् । बोनसस्वरूप प्राप्त डेटा भोलुम दुई दिनको दिनको लागि मान्य रहनेछ ।
यो योजनाअन्तर्गत एनसेल सापटी र ब्यालेन्स ट्रान्सफरमार्फत भएको ब्यालेन्स टप अप बोनसको लागि मान्य हुनेछैन । अन्य कुनै पनि फिजिकल वा डिजिटल माध्यमबाट रिचार्ज गर्नेबित्तिकै बोनस डेटा प्राप्त हुनेछ । यस रिचार्जमा बोनस अफरले ग्राहकलाई भ्यालु एड गर्दै सुलभ दरमा आफ्ना परिवार र साथीभाईसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया