महिन्द्राको एक्सयूभी चितवनमा
काठमाडौं । महिन्द्रा युटिलिटी भेहिकलको एकमात्र आधिकारिक वितरक अग्नि ग्रुपले हालै पारस बस र्पाक चोक, चितवनमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । महिन्द्राले आफ्नो फ्ल्यागसिप ग्लोबल एसयूभीहरु –स्कर्पियो एन, एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्रि डबल ‘ओ’) सार्वजनिक गरी बिक्री, सेवा र पार्टपुर्जासहितको सोरुम स्थापना गरेको हो ।
कम्पनीले काठमाडौं, इटहरी र जनकपुरधाममा स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक भव्य शुभारम्भ गरेपछि यो सोरुम क्षेत्रीयस्तरमा तेस्रो आधिकारिक सोरूम बनेको छ । नयाँ ट्विन पिक्स ब्रान्डेड महिन्द्राका एक्सयूभी सोरुमको उद्घाटनमा इन्टरनेसनल अपरेसन अटो महिन्द्रा एन्ड महिन्द्राका प्रमुख सचिन आरोलकर, महिन्द्रा एन्ड महिन्द्राका भाइस प्रेसिडेन्ट–अन्तर्राष्ट्रिय अपरेसन अटोका जोयदीप मोइत्रा, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकरलगायत स्थानीय सरकारी तथा निजी प्रतिनिधिहरुका उपस्थितिमा भएको थियो ।
इन्टरनेसनल अपरेसन अटो महिन्द्रा एन्ड महिन्द्राका प्रमुख सचिन आरोलकरका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रित रहेको छ । यस्तै सबै महिन्द्रा बिक्रीकेन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ताले सन्तुष्टि पनि पाइरहेको उनको दाबी छ । कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले चितवन र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायतीरूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ सोरुम स्थापना गरिएको बताए । यस क्षेत्रमा नयाँ आधिकारिक महिन्द्रा सोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने उनको भनाइ छ ।
त्यस्तै, अग्नि ग्रुपका डेप्युटी सेल्स डाइरेक्टर बर्दान बस्नेतले कम्पनीले चार छुट्टाछुट्टै सोरुमको सफल सुरुवात गरिसकेको बताए । छिट्टै नै पोखरा, धनगढी, नेपालगञ्ज, बुटवल आदि अन्य स्थानहरुमा पनि सोरुम सञ्चालनमा ल्याएर नेपालमा आफ्नो उपस्थिति विस्तार गर्ने योजना रहेको उनको भनाई छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया