रुम्जाटार विमानस्थल सधैँ सुनसान !
ओखलढुंगा । ओखलढुंगाको रुम्जाटार विमानस्थल एक दशकभन्दा बढी समयदेखि सुनसान बनेको छ । ओखलढुंगा हुँदै काठमाडौं आवतजावत गर्ने यात्रुलाई सडक राजमार्ग हुँदै आवतजावत गर्न सहज भएसँगै यस क्षेत्रमा हवाई उडान ठप्प भएको स्थानीयको भनाइ छ ।
२०७० सालसम्म अस्थायी संरचनाबाटै उडान भर्दै आएको रुम्जाटार विमानस्थल हिजोआज पक्की संरचना निर्माण हुँदा पनि सुनसान बनेको स्थानीय वीरबहादुर गुरुङले बताए । रुम्जाटार विमानस्थलमा कालोपत्रे भएको लामो समयपछि २०७६ साल ताका केही समय हप्ताको शुक्रबार विमान अवतरण गर्ने तथा उड्ने गरे पनि पछिल्लो समय यात्रु नभएकै कारण विमानस्थल बन्दजस्तै रहेको सिद्धिचरण नगरपालिका नगरप्रमुख तेजन खनालले बताए । ‘केही वर्षअघिसम्म यस रुम्जाटार विमानस्थलमा टिकट पाउनै मुस्किल पर्थ्यो । तर, पछिल्लो समय यात्रु अभावकै कारण उडान रद्द हुँदै आएको छ’, नगरप्रमुख खनालले भने । पछिल्लो समय मध्यपहाडी राजमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्ड सञ्चालनमा आएसँगै यात्रुहरु बढी मात्रामा सडकमार्ग प्रयोग गर्दै आएका छन् ।
कालोपत्रे भएर सञ्चालनमा आएको सडकमार्फत आठदेखि ११ सय रुपैयाँमा खुर्कोट तथा एक हजार पाँच सय रुपैयाँमै काठमाडौं पुग्न सकिने हुँदा हवाईमार्गको महँगो भाडा रहेकाले यात्रुहरुको रोजाइ सडकमार्ग नै बनेको उनले सुनाए । हाल विमानस्थल हवाई उडान भर्नेभन्दा पनि आन्तरिक तथा बाह्य पर्यटकको घुमफिर गर्ने थलो बनेको छ । राज्यले करोडौं रुपैयाँ लगानी गरेर विमानस्थलमा निर्माण गरेको भौतिक पूर्वाधार अलपत्र बनेको छ । यता स्थानीय सरकारले भने अझै कम्तीमा साताको एक दिन विमानस्थल सुचारु गर्न पहल गरिरहेको नगरप्रमुख खनालले बताए ।
रुम्जाटार विमानस्थलमा नियमित विमान उडान गराउने विषयमा गतवर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा उम्मेदवारको एजेन्डा समेत बनेको थियो । तर संघीय सरकारले पनि यात्रु अभावको कारण देखाउँदै रुम्जाटार विमानस्थल सञ्चालन गराउन खासै चासो नदेखाएको स्थानीयहरुको गुनासो छ । कालोपत्रे भएको सुन्दर विमानस्थलमा कुनै उडान नहुँदा आकस्मिक विरामी, वृद्धवृद्धा र अत्यावश्यक कामले काठमाडौं तथा विराटनगर जानुपर्नेहरुले सास्ती खेप्नुपरेको स्थानीयहरुको दुखेसो रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- ‘टेक फर नेचर’ परियोजना कार्यान्वयन गर्न आईयुसीएनसँग सहकार्य
- भुक्तानी नहुँदा दर्जनभन्दा बढी आयोजना अलपत्र
- लाइफ केयर फर्मामा सिलबन्दी
- ‘दि नेपाल डिस्टिलरिज’ले नयाँ उत्पादन बजारमा ल्याउने
- नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया