फोटोनले युरोपियन मार्केटको लागि इलेक्ट्रिक लाइट कमर्सियल गाडी बनाउने
काठमाडौं । चीनको कमर्सियल भेहिकल ब्रान्ड फोटोन ग्रुपले पियाजियो ग्रुपसँग मिलेर युरोपियन मार्केटको लागि इलेक्ट्रिक लाइट कमर्सियल गाडी बनाउने भएको छ । चीनको बेइजिङमा पियाजियो ग्रुपका सीईओ मिसेल कोलानिंनो र फोटोन मोटर ग्रुपका भाइस प्रसिडेन्टमा रेंताओले एक कार्यक्रममा नयाँ रेन्जको इलेक्ट्रिकल पोर्टर (इलेक्ट्रिक लाइट कमर्सियल) गाडी बनाउने सहमति गरेका छन् ।
यस सहकार्यका अनुसार नयाँ रेन्जको यस इलेक्ट्रिक लाइट कमर्सियल गाडी इटालीमा, पियाजियोको फ्याक्ट्रीमा उत्पादन हुनेछ । इन्टर सिटीको आवश्यकताअनुसार कम्तिमा एक टन पेलोड भएको गाडी दुई नयाँ मोडेल फोर ह्वील इलेक्ट्रिक कमर्सियल थप गर्न पियाजियो ग्रुपलाई यस सहकार्यले मद्दत गर्नेछ । यसभन्दा अगाडि पनि यी दुई ग्रुपबीच सहकार्य भई युरोपियन मार्केटको लागि २०२१ मा युरोपमा धेरै रुचाएको पहिलो सिटीट्रक, पोर्टर एनपी सिक्सजस्ता गाडीहरु उत्पादन गरिएको थियो । नेपालमा फोटोनको लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप, इलेक्ट्रिक भ्यान, मिनी ट्रक बिक्रीवितरण गर्दै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया