हिमालयन लाइफको व्यक्तिगत बीमालेखमा छुट सुविधा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको हो ।
साबिकको प्राइम लाइफ इन्स्योरेन्स, यूनाइटेड लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई ब्यतित भएका बीमालेखहरुमा यही कात्तिक १० गतेदेखि २२ गतेसम्ममा नवीकरण पुनर्जागरण गर्दा बीमाशुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज जरिवानामा छुट दिएको कम्पनीले जनाएको छ । तीन वर्षसम्मको बीमालेख व्यतित अवधिमा ब्याज र जरिवाना शतप्रतिशत छुट हुनेछ ।
त्यस्तै, तीन वर्ष माथिदेखि ७ वर्षसम्मको अवधिको ब्याज र जरिवानामा ५० प्रतिशत छुट हुनेछ भने सात वर्षदेखि जतिसुकै अवधिकोमा ब्याज र जरिवाना २५ प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यस किसिमको ब्यतित बीमालेखमा पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया