भी२९ई फाइभजी सार्वजनिक गर्ने तयारीमा भिभो
काठमाडौं । टेक्नोलोजी ब्रान्ड भिभोले आफ्नो फ्ल्यागसिप भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन यही कात्तिक २० गते सार्वजानिक गर्ने भएको छ । केही समयअघि भी२९ फाइभजी सार्वजनिक गरेपछि भिभोले भी२९ई फाइभजी सार्वजनिक गर्ने तयारी गरेको हो ।
कम्पनीका अनुसार प्रयोगकर्ताहरूले यो बहुप्रतिक्षित नयाँ भी२९ई फाइभजीको कात्तिक १६ गतेदेखि १९ गतेसम्म प्रि–बुकिङ गर्न सक्नेछन् । यो नयाँ स्मार्टफोनको समावेशले भिभोको उत्पादन दायरालाई फराकिलो बनाउँदै, नवीनतामा केन्द्रित हुने कम्पनीको अटल प्रतिबद्धतालाई जोड दिएको बताइएको छ । कम्पनीका अनुसार भी२९ई फाइभजीले उत्कृष्ट क्यामेरा सेटअप, लक्जरियस डिजाइनको साथै मोबाइल टेक्नोलोजी र भिजुअल अपिएरेन्सको नयाँ मापदण्डहरू कायम गर्दछ । भिभो भी२९ई फाइभजीमा तीव्र डाउनलोडहरू, स्मुद स्ट्रिमिङ, र ल्याग–फ्रि गेमिङलगायतका आकर्षक विशेषताहरू छन् । यसको एक्सक्लुसिभ स्मार्ट औरा लाइट टेक्नोलोजीमा स्मार्ट कलर टेम्प्रेचर एडजस्टमेन्ट राखिएको छ, जसले कम प्रकाशमा पनि उत्कृष्ट र सार्प पोट्र्रेहरू सुनिश्चित गर्दछ ।
यसको साथै भी२९ई फाइभजीमा सुपर नाइट मोड, सुपर मुन मोडलगायत ५०एमपी एचडी फ्रन्ट क्यामेरा रहेको छ । भिभो भी२९ई मा १२० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको कम्पनीले जनाएको छ । यसको रोज गोल्ड भेरियन्टमा लक्जुरियस अनुभवका लागि नानो–स्केल फोटोएचिङ प्रविधि रहेको छ । साथै फरेस्ट ब्ल्याक भेरियन्टमा थप सुन्दरताका लागि फ्लोराइट एजी ग्लास रहेको छ । भिभो नेपालका जनरल म्यानेजर माइकल नेपालमा भिभो भी२९ई फाइभजी सार्वजनिक गर्दै कोसेढुङ्गाको रूपमा कनेक्टिभिटी र नवीनताको नयाँ युगको सुरु गर्ने बताउँछन् । यो उत्कृष्ट उपकरणले नयाँ बेन्चमार्क सेट गर्दै अत्याधुनिक प्रविधिको साथमा सुरुचिपूर्ण डिजाइनमार्फत उत्कष्ट मोबाइल अनुभव प्रदान गर्ने उनको दाबी छ ।
यो स्मार्टफोनमा ४८०० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज रहेको छ, जसले प्रयोगकर्ताहरूलाई दिनभर निर्धक्क भएर काम गर्न र उत्पादनशील रहन मद्दत गर्दछ । यसको इन्टेलिजेन्ट चार्जिङ सिस्टमले निर्बाध प्रयोगकर्ता अनुभव प्रदान गर्दै सहज कार्यसम्पादनको प्रदान गर्दछ । यस्तै भी२९ई फाइभजीमा क्वालकम स्न्यापड्रेगन ६९५ प्रोसेसर र फाइभजी कनेक्टिभिटी रहेको छ, जसले तीव्र गतिमा सहज मल्टिटास्किङ, र स्वीफ्ट डाउनलोडहरू, हाई–डेफिनिसन स्ट्रिमिङ, र भिडियो कलहरूलगायतका आकर्षक विशेषताहरू प्रदान गर्दछ । कम्पनीका अनुसार भी२९ई फाइभजी भिभोको फ्ल्यागसिप स्मार्टफोन हो । यसले असाधारण कार्यसम्पादन र अत्याधुनिक क्यामेरा क्षमताहरू प्रदान गर्दछ । यो स्मार्टफोनले प्रयोगकर्ताको अनुभव र जीवनशैली वृद्धि गर्दै नयाँ बेन्चमार्क सेट गर्ने कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आर्थिक कूटनीतिलाई बढावा दिन महासंघको राजदूतहरूलाई आग्रह
- सिंगापुुरमा उद्योग संगठन मोरङलाई एसिया प्रशान्त क्षेत्रको अवार्ड
- भृकुटीमण्डपमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी
- दुई ब्रोकर एसोसिएसनबीच मर्जर सम्झौता
- हिमालयन क्यापिटलको साधारणसभा सम्पन्न
- नबिल बैंक दक्षिण एसियाको वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
- मानुषी लघुवित्तको नाफा ऋणात्मक
- ज्योती ग्रुपका दाजुभाई बिचको द्वण्द : सम्पति लिलामीको लागि बैंकले निकाल्यो ३५ दिने सूचना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया