शिवम् सिमेन्टका भिपि अग्रवाललाई महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार
काठमाडौं । शिवम् सिमेन्टका भिपि (सेल्स एन्ड मार्केटिङ) निखिल अग्रवाल भारतको महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कारबाट सम्मानित भएका छन् । हालै ब्रान्डम्यान भारत पीआर र प्रमोशनद्वारा नयाँ दिल्लीमा आयोजित श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३ बाट अग्रवाल सम्मानित भएका हुन् ।
अग्रवाल शिवम् सिमेन्टको स्थापनाकालदेखि नै निरन्तर कार्यरत छन् । ब्रान्डम्यान भारत पीआर र प्रमोशनले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ । यसको प्रमुख लक्ष्य राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका औद्योगिक क्षेत्रहरूलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने, विभिन्न उद्योगहरूमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने रहेको बताइएको छ । ब्रान्डम्यान भारत पीआर र प्रमोशनले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनौट गरी यसको समग्र क्षेत्रको मूल्यांकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पु-याएको उत्कृष्ट योगदानको आधार छनौट गरी अवार्ड दिने जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया